default_image

3 years ago

December 1, 2022

जर्मनी र कोस्टा रिकाको खेलमा महिला रेफ्री

259 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगत समूह ‘ई’ को बिहीबार राति हुने कोस्टा रिका र जर्मनीबीचको खेल तीन महिला रेफ्रीले खेलाउने भएकी छिन् ।

यससँगै फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन् । यो विश्व फुटबलमै इतिहास बन्नेछ ।कोस्टा रिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुने विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ ।

३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुनेछिन् । सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र मेक्सिकोकी कारेन डियाज हुनेछिन् । फ्रापपार्टले फुटबल इतिहासमा पहिलो पटक पुरुष प्रतिस्पर्धा खेलाउन लागेकी भने होइनन् ।

फ्रापार्टलाई युरोपेली फुटबलकी उदीयमान रेफ्री मानिएको छ । उनले २०१९ यता फ्रान्सको लिग वान खेलाइरहेका छन् । सोही वर्ष उनले महिला विश्वकप पनि खेलाइन् । २०१९ मा लिभरपुल र चेल्सीबीचको यूईएफए सुपर लिग पनि फ्रापार्टले खेलाएकी थिइन् ।

फिफाले विश्वकपको लागि ३६ रेफ्रीको सूची जारी गरेको छ । त्यसमा तीन महिला छन् । साथै तीन महिला सहायक रेफ्री पनि छन् । ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट सहायक महिला रेफ्री हुन् । अन्य फिफा रेफ्रीमा जापानकी ३६ वर्षीय यामाशिता र ३४ वर्षीया रुवान्डाकी सालिमा मुकानसन्गा छिन् ।

यामाशितालाई एसियाली फुटबलको उदीयमान रेफ्रीको रुपमा हेरिएको छ । उनले जापानमा पुरुष फुटबल खेलाइसकेकी छिन् । मुकानसन्गा यसै वर्षको जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन् ।

‘पुरुष विश्वकप विश्वको सबैभन्दा महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । म फ्रान्स र युरोपमा पहिलो रेफ्री थिएँ, त्यसैले मलाई यो कसरी सामना गर्ने भन्ने थाहा छ ।’ उनले भनिन् ।

विश्वकपअघि फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले उनीहरू महिला भएकाले छनोट नभएका नभई उनीहरु फिफा रेफ्रीको रूपमा छानिएका र उनीहरू कुनै पनि खेललाई खेलाउन क्षमता राख्ने बताएकी थिइन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.