default_image

3 years ago

November 30, 2022

विश्व च्याम्पियनलाई हराएर पनि बाहिरियो ट्युनिसिया

216 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

समूह डीको अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । समूहको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कमाथि १-० को जित हासिल गर्दा ट्युनिसिया समूह चरणबाट बाहिरिएको हो । फ्रान्स भने अन्तिम खेलमा हार बेहोरेपनि शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।

फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।

ट्युनिसियाले पहिलो खेलमा डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा अष्ट्रेलिया १-० ले विजयी भएपछि अन्तिम खेलमा फ्रान्ससँगको नतिजाले समीकरणमा असर गरेन । यदि अष्ट्रेलिया नजितेको भए ट्युनिसिया समूह उपविजेता हुने थियो ।

नकआउट चरणमा स्थान बनाएको फ्रान्सले आजको खेलमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । एजुकेसन सिटी रंगशालामा ट्युनिसियाले यसको फाइदा उठाउँदै पहिलो हाफमा फ्रान्सलाई जम्न दिएन । ट्युनिसियालाई सुरुवातमै भीएआरले गोललाई मान्यता नदिएपछि टोली थप आक्रामक बनेको थियो । फ्रान्सले भने कमजोर प्रदर्शन गर्यो ।

दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै अग्रता दिलाए । त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।

खेलको नवौं मिनेटमा नै ट्युनिसियाले अग्रता लिएपनि उक्त गोल कायम रहेन । फ्रिकिकमा घान्द्रीले हेडरमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त सेट पिसमा अफसाइड भएको देखाएको थियो । २५ औं मिनेटमा फ्रान्सले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । युसुफ फोफानाको पासमा किंग्सले कोमानले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो । मिडफिल्डमा बल खोसेको ट्युनिसियाका लागि कप्तान वाह्बी खाज्रीले बललाई एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । उनको फितलो प्रहार दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डाले जोगाउन सकेनन् ।

दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।

यता अष्ट्रेलियाले नकआउट चरण प्रवेश गर्ने प्रयासमा रहेको डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर गोलरक्षक म्याट रायन र डिफेन्डरद्वय काइल रोवल्स र ह्यारी सुटरले डेनिस आक्रमणलाई पोस्टतर्फ जान दिएनन् । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको अष्ट्रेलियाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्यो ।

मिडफिल्डमा खेलाडी थप्दै विंगमा खेलिरहेका म्याथ्यु लेकीलाई काउन्टर अट्याकमा राख्ने ग्राहम आर्नोल्डको रणनीतिले गोल सम्भव भयो । लेकीले आफ्नो गति र संयमताको प्रयोग गर्दै काउन्टर अट्याकमा अष्ट्रेलियालाई अग्रता दिलाए । त्यसपछि अनुशासित डिफेन्स गर्दै अष्ट्रेलिया जितसम्म पुग्न सफल भयो ।

११ औं मिनेटमा अष्ट्रेलियाका मिलोस डेगेनेकले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै गोलको खतरा टारे । ६ यार्ड बक्स अगाडि माथिअस जेन्सनले प्रहार गर्न लागेको बल उनले स्लाइड ट्याकल गर्दै विफल पारे । लगत्तै अर्को आक्रमणमा गोलरक्षक तथा कप्तान म्याट रायनले उत्कृष्ट बचाउ गर्दै डेनमार्कलाई अघि बढ्न दिएनन् ।

१९ औं मिनेटमा अष्ट्रेलियाले डेनमार्कको अर्को आक्रमण सफल हुन दिएन । जोआकिम माहलेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दुई डिफेन्डर पार गर्दै गरेको लो क्रस गोलरक्षक रायनको खुट्टामा लाग्दै गोल हुनबाट बचेको थियो ।

पहिलो हाफ गोलरहित रहेपछि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्यो । म्याथ्यु लेकीले ६० औं मिनेटमा एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दिलाए । आफ्नो हाफबाट राइली मक्ग्रीले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई लेकीले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । उनले संयमित रुपमा बल राख्दै दुई डिफेन्डर र गोलरक्षकको चुनौती पार गरेका थिए ।

८८ औं मिनेटमा डेनमार्कका एलेक्जेन्डर बाहको प्रहार पोस्टभन्दा बाहिर जाँदा डेनमार्क बराबरी गोल गर्नबाट चुक्यो । अन्तिम समयमा डेनमार्कले कर्नर पाउँदा गोलरक्षक कास्पर स्माइकल आफैं हेडरका लागि आएका थिए । तर गोल फर्काउन नसक्दा डेनमार्क पुछारमा रहेर बाहिरियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.