3 years ago
December 1, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम राउन्डका खेलहरुमा प्रतिस्पर्धा हुदैछ ।

समूह एफमा रहेको मोरक्को अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न प्रतियोगिताबाट बाहिरिसकेको क्यानडासँग खेल्दैछ । खेल राति ८ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा क्रोएसिया र बेल्जियमबीच खेल हुनेछ ।
मोरक्कोलाई क्यानडासँगको कबराबरी नै अन्तिम १६ मा पुग्न पर्याप्त हुनेछ । क्यानडालाई हराएमा मोरक्को दोस्रोपटक अन्तिम १६ मा पुग्नेछ । मोरक्कोको समूह विजेता बन्ने सम्भावना पनि छ । आँफुले जितेर क्रोएसिया बराबरीमा रोकिएका वा पराजित भएमा मोरक्को क्यानडालाई हराएर समूह विजेता बन्न सक्छ ।
छैटौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक नकआयट चरणमा पुग्न चहान्छ । मोरक्कोले यसअघि १९८६ मा समूह चरण पार गरेको थियो । त्यसपछि १९९४, १९९८ र २०१८ मा समूह चरण पार गर्न सकेन । क्यानडाविरुद्ध मोरक्को निश्चित जितको लागि मैदान उत्रनेछ ।
टोलीसँग यासिन बोनो, अक्रफ हाकिमी, नुसेर माजारोइ, रोमन साइस, नायेफ अगेर्ड, अक्रफ दारी, जवाद एल यामिक, याहिया अतिआत अलाल, बादर बेनुन, सोफ्यान अम्रबाट, सलिम अमल्लाह, अब्दलहमिद सबिरी, अजेदिन ओउनाही, बिलेल एल खानुस, याह्या जब्राने, हाकिम जिएच, युसुफ एन–नेस्री, सोफियाने बोउफाल, जाकारिया अबौख्लाल, एज आब्दे, अमिन हारित, इलिअस चेअर, अब्देरजक हम्दाला र वालिद चेदिरा रहेका छन् ।
यता, क्यानडा पनि आफ्नो अन्तिम खेलमा मोरक्कोलाई हराएर विश्वकपमै पहिलो जित निकाल्न चहान्छ । सन् १९८६ मा पहिलो विश्वकप खेलेको क्यानडाले त्यसबेला तीन खेलमा गोल गर्न सकेको थिए । यसपटक गोल गरिसकेको छ ।
क्यानडासँग मिलान बोर्जन, कमल मिलर, स्टिभन भिटोरिया, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, साम एडेकुग्वे, एलिस्टेएर जोनस्टन, रिची लारेआ, एटिबा हचिन्सन, जोनाथन ओसोरियो, मार्क–एन्थोनी काए, साम पिएट, स्माइल कोन, लियाम फ्रासेर, डेभिड वुदर्सपुन, ताजोन बुचानन, अल्फन्सो डाभिस, जोनाथन डेभिड, जुनियर होइलेट, साइल लारिन, लुकास काभालिनी, लियाम मिलर र इके उग्वो छन् । ह्यामस्ट्रिङका कारण स्टिफन युस्टाक्वियोले खेल्ने सम्भावना न्युन छ ।
यि दुई टाेली हालसम्म तीनपटक खेल्दा माेरक्काे अपराजित छ । माेरक्काेले दुई खेल जित्दा एक खेल बराबरीमा सकिएकाे छ । यि दुई टाेली पछिल्लाेपटक सन् २०१६ मा खेल्दा माेरक्काेले ४–० काे फराकिलाे जित निकालेकाे थियाे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]