default_image

3 years ago

December 1, 2022

जापान र स्पेन भिड्दै

344 views

0 Bookmark

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना छ ।

पहिलो खेलमै जर्मनीलाई स्तब्ध पारेको जापान आफ्नो अन्तिम खेलमा स्पेनमाथि अर्काे सनसनीपूर्ण जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो स्पेनमाथि जित निकाल्न जापानलाई कठिन हुन सक्छ । एसियाली राष्ट्र जापान कम्तीमा पनि स्पेनलाई रोक्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । स्पेनसँग पराजित भएमा जापानले अर्काे खेलको नतिजा कुर्नुपर्नेछ ।

जापानसँग सुइची गोन्डा, मिकी यामाने, हिरोकी साकाइ, माया योसिडा, ताकेहिरो तोमियासु, शोगो तानीगुचि, को इताकुरा, हिरोकी इटो, युटो नागाटोमो, वातारु इन्डो, हिदेमासा मोरिता, आओ तानका, गाकु शिवासाकी, काओरु मितोमा, दाइची कामाडा, रित्सु डोआन, जुन्या इटो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो, युकी सोमा, डाइजेन माएडा, ताकुमा असानो, अयेसा उएडा र शुतो माचिनो छन् ।

यता, समूह चरण पार गर्न केही सहज स्थितिमा रहेको स्पेन पनि आफ्नो अन्तिम खेलमा जित निकाल्दै समूह विजेता बन्न चहान्छ । जापानमाथिको जित या बराबरीले स्पेन अन्तिम १६ मा पुग्नेछ । जापानलाई पराजित गरेमा स्पेन समूह विजेता नै बन्नेछ ।

जापानसँग पराजित भएपनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि अर्काे खेलमा जर्मनी र कोस्टा रिकाले बराबरी वा जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टा रिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन बाहिरिनेछ ।

युवा खेलाडीले भरिपूर्ण स्पेनसँग उनाइ सिमोन, सेजार एज्पिलिक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे, सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके, फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो र अन्सु फाती रहेका छन् ।

यि दुई टोली २१ वर्षपछि भिड्न लागेका हुन् । यसअघि २००१ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा हुँदा स्पेन १–० ले विजयी भएको थियो । यस समूहमा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा छ । जापान र कोस्टा रिकाको समान ३ अंक छ । जर्मनी १ अंक जोडेर पुछारमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.