default_image

3 years ago

December 1, 2022

जित्नै पर्ने खेलमा जर्मनीलाई कोस्टा रिकाको चुनौती

354 views

0 Bookmark

एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा चार पटकको च्याम्पियन जर्मनीले आज (बिहीबार) कोस्टा रिकासँग खेल्दैछ ।

समूह ‘ई’ अन्तरगतको कोस्टा रिका र जर्मनीबीचको खेल अल बायत रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । दुवै खेल बराबरीमा सकिएमा स्पेन र जापान नकआउट चरणमा पुग्नेछ ।

अर्को खेलमा कोस्टा रिका र जर्मनी खेल्दा दुवैको लक्ष्य स्पष्ट जित नै हुनेछ । जर्मनीलाई पराजित गरेमा कोस्टा रिका अन्तिम १६ मा पुग्नेछ । यस्तै जर्मनीसँग बराबरीले पनि कोस्टा रिका अघि बढ्न सक्छ तर त्यसका लागि स्पेनले जापानलाई हराउनुपर्नेछ । दुवै खेल बराबरी भएमा र जर्मनीसँग पराजित भएमा कोस्टा रिका बाहिरिनेछ ।

कोस्टा रिकासँग केलर नाभास, फ्रान्सिस्को काल्भो, जुआन पाब्लो भार्गास, केन्डल वास्टन, ओस्कार डुआर्टे, ड्यानिएल चकन, केयसर फुलर, कार्लोस मार्टिनेज, ब्रायन ओभिएडो, रोनाल्ड मातारिता, येल्सिन तेजेडा, सेल्सो बोर्जेस, युस्तिन सालास, रोआन विल्सन, जेर्सन टोरेस, डग्लस लोपेज, जेविसन बेनेटे, अल्भारो जामोरा, एन्थोनी हर्नान्डेज, ब्रेन्डन अगिलेरा, ब्रायन रुइज, जोएल क्याम्पबेल, एन्थोनी कोन्ट्रेरास र योहान भेनेगास छन् ।

जर्मनीलाई नकआउट चरणमा स्थान बनाउन कोस्टा रिकालाई हराउनुसँगै अर्को खेलमा स्पेनले जापानलाई पराजित गर्नुपर्नेछ । जापानले स्पेनलाई हराएमा भने जर्मनी र स्पेनको समान ४ अंक हुनेछ । यसो भएमा गोलअन्तर निर्णायक हुनेछ ।

जर्मनीको लागि सबैभन्दा राम्रो समिकरण भनेको आफ्नो खेल जित्नु र स्पेनले जापानलाई हराउनु नै हो । बराबरी वा हारले भने जर्मनी समूह चरणबाटै बाहिरिनेछ । जर्मनी आँफु जित्दै आँफु अनुकुल नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

जर्मनीसँग म्यानुएल नोएर, आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडिगर, निको स्लोटरबेक, निकलस सुल, करिम एडेयमी, जुलियन ब्रान्ट, निकलस फुलक्रुग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर र लेरोय साने छन् ।

यि दुई टोली दोस्रोपटक खेल्न लागेको हो । यसअघि यि दुई टोलीबीच सन् २००६ को विश्वकपमा समूह चरणमै प्रतिस्पर्धा गर्दा जर्मनीले ४–१ को जित निकालेको थियो ।

त्यसपछि यि दुई टोली पहिलोपटक खेल्न लागेको हो । यस समूहमा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा छ । जापान र कोस्टा रिकाको समान ३ अंक छ । जर्मनी १ अंक जोडेर पुछारमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.