default_image

3 years ago

December 1, 2022

मोरक्कोलाई अग्रता, बेल्जियम र क्रोएसिया बराबर

221 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को अन्तिम खेल चलिरहेको छ । मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिँदा बेल्जियम र क्रोएसिया गोलरहित बराबरीमा छन् ।

मोरक्कोले पहिलो हाफमा २-१ को अग्रता लिएको छ । खेलको सुरुवात समयदेखि दबाब बनाएको मोरक्को अग्रतासँगै समूहको शीर्षस्थानमा छ ।

मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् । जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए ।

२३ अ‍ौं मिनेटमा मोरक्कोले अग्रता दोब्बर पार्यो । अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले फिनिस गरे । पहिलो टचमा दुई डिफेन्डरको चुनौती चिर्दै पेनाल्टी क्षेत्र भित्र पसेका उनले दोस्रो टचमा सुन्दर गोल गरे ।

४० अ‍ौं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो ।

समूहकै अर्को खेलमा क्रोएसिया र बेल्जियमले गोल गर्न सकेका छैनन् । दुवै टोलीले कम अवसर सिर्जना गर्दा खेल बराबरीमा रोकिएको छ ।

१३ अ‍ौं मिनेटमा केभिन डे ब्रुएनको पासमा ड्रिज मर्टेन्सको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड भएकाले उक्त गोलले मान्यता पाएन ।

यस समूहमा हाफ टाइमको स्कोर मान्दा मोरक्को र क्रोएसिया अघि बढ्ने समीकरण छ । हाल मोरक्को ७ र क्रोएसियाको ५ अंक छ । बेल्जियमको ४ अंक हुँदा क्यानडा अंकविहिन छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.