default_image

3 years ago

December 1, 2022

मोरक्को अपराजित रहँदै नकआउट चरणमा

316 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

विहीबार खल थुमामा रंगशालामा मोरक्को २-१ को जितका साथ समूह चरणमा अपराजित रह्यो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ एन नेसरीले १-१ गोल गरे । क्यानडाले आत्मघाती गोल पाएको थियो ।

मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् । जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए ।

२३ अ‍ौं मिनेटमा मोरक्कोले अग्रता दोब्बर पार्यो । अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले फिनिस गरे । पहिलो टचमा दुई डिफेन्डरको चुनौती चिर्दै पेनाल्टी क्षेत्र भित्र पसेका उनले दोस्रो टचमा सुन्दर गोल गरे ।

४० अ‍ौं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो ।

मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम र क्रोएसियाबिच खेल गोलरहित बराबरीमा सकिँदा बेल्जियम बाहिरियो । क्रोएसिया ५ अंकका साथ उपविजेता बन्यो । बेल्जियम ४ अंकका साथ तेस्रो र अंकविहिन क्यानडा पुछारमा रह्यो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.