3 years ago
December 1, 2022
कतार (हाम्रो खेलकुद) – क्रोएसिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।

दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको छ । मोरक्कोले क्यानडालाई २-१ ले हरायो ।
१३ अौं मिनेटमा केभिन डे ब्रुएनको पासमा ड्रिज मर्टेन्सको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड भएकाले उक्त गोलले मान्यता पाएन ।
दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ अौं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरियो ।
लगत्तै लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८५ अौं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।
९० अौं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भयो ।
यस समूहमा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । ४ अंक जोडेको बेल्जियम समूहबाट बाहिरिँदा क्यानडाले अंक जोड्न सकेन ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]