default_image

3 years ago

December 2, 2022

मार्टिनेजले बेल्जियमको प्रशिक्षक पद छाडे

353 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणबाट बाहिरीएपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छोडेका छन् ।

समूहको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाट बाहिरिएको हो । फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमले ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहयो । अन्तिम खेलमा क्रोएसियासँग जित हासिल गर्न नसक्दा टोली बाहिरिन पुग्यो । खेलपछि मार्टिनेजले आफू पदमा नरहने जानकारी दिए ।

यस समूहबाट मोरक्को ७ अंक जोड्दै शीर्षस्थानमा रहयो । दोस्रो खेलमा मोरक्कोले नै बेल्जियमलाई २-० ले हराएको थियो । पहिलो खेलमा क्यानडालाई १-० ले पराजित गरेको बेल्जियम अन्तिम खेलमा भने गोलरहित बराबरीमा रोकियो ।

दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । पहिलो हाफमा थोरै अवसर सिर्जना गरेको बेल्जियमले दोस्रो हाफमा भने रोमेलु लुकाकुलाई मैदान पठाएको थियो । आक्रमणमा रणनीति अनुसार नै अवसर सिर्जना भयो । तर लुकाकुले तीन सहज अवसरलाई गोलमा परिणत गर्न नसक्दा बेल्जियम बाहिरियो ।

१३ अ‍ौं मिनेटमा केभिन डे ब्रुएनको पासमा ड्रिज मर्टेन्सको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड भएकाले उक्त गोलले मान्यता पाएन ।

दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ अ‍ौं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरियो ।

लगत्तै लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८५ अ‍ौं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ९० अ‍ौं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भयो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.