default_image

3 years ago

December 2, 2022

जर्मनी अग्रता लिँदै बलियो अवस्थामा

236 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा जर्मनी १-० ले अघि छ ।

बल पोसेसनमा पकड जमाएको जर्मनीले पटक पटक कोस्टारिकाको डिफेन्स पार गरेको छ । तर गोलरक्षक तथा कप्तान केलर नाभास लगातार बाधक बनिरहेका छन् । जित्नैपर्ने खेलमा आक्रामक रणनीति लिएर उत्रेको जर्मनीले अग्रता लिएपछि काउन्टर अट्याकमा भने सचेत हुनुपरेको छ ।

सातौं मिनेटमा जर्मनीका जमाल मुसियालाले पेनाल्टी क्षेत्रभित्र ५ डिफेन्डरलाई बिट गरेपनि प्रहार गर्ने अवसर पाएनन् । उनले दिएको अन्तिम पासमा थोमस मुलर र लिओन गोरेट्जका बलियो प्रहार गर्न चुके ।

दशौं मिनेटमा जर्मनीले सर्ज नाब्रीको गोलमा अग्रता लियो । डेविड रमको क्रसमा नाब्रीले गरेको हेडर गोलमा परिणत भएको थियो । १४ औं मिनेटमा गोरेट्जका को हेडरलाई कोस्टारिकाका कप्तान तथा गोलरक्षक केलर नाभासले विफल पारे ।

४० औं मिनेटमा लेरोय सानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा नाभास बिट भएपनि बल पोस्टभन्दा थोरै परबाट गयो । ४२ औं मिनेटमा कोस्टारिकाले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । जर्मन डिफेन्डरद्वय डेविड रम र एन्टोनियो रुडीगरले लगातार गल्ती गरेपछि केशर फुलरले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । उनको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले पन्च गरिदिए ।

समूहको अर्को खेलमा स्पेनले जापानविरुद्ध १-० को अग्रता लिएको छ । अहिलेकै स्कोर अन्त्यसम्म कायम रहे स्पेन समूह विजेता र जर्मनी उपविजेता बन्दै अघि बढ्नेछन् । अहिलेको अवस्थामा स्पेन ७ अंकसहित समूहको शीर्षस्थानमा रहनेछ । जर्मनी ४ अंकका साथ दोस्रो हुनेछ । जापान र कोस्टारिका ३-३ अंकका साथ तेस्रो र चौथो हुनेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.