default_image

3 years ago

December 2, 2022

स्पेनलाई पहिलो हाफमा अग्रता

190 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जापानको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा स्पेन १-० ले अघि छ ।

खेलको तीन चौथाई समय बल पोसेसनमा पकड जमाएको स्पेनले जापानलाई खेलमा फर्कने अवसर नै दिएको छैन । पोसेसनमा नहुँदा पनि विपक्षीमाथि द्रुत गतिमा दबाब कायम गर्दै स्पेनले अग्रता जोगाएको छ ।

छैटौं मिनेटमा स्पेनका कप्तान सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरियो । लगत्तै अर्को तर्फ जुन्या इटोले पेनाल्टी क्षेत्रको दायाँबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको १२ औं मिनेटमा स्पेनले अग्रता लियो । सेजार एज्पिलीक्वेटाको क्रसमा अल्भारो मोराटाले हेडरमार्फत गोल गरे । उनले दुई डिफेन्डरको बिचमा उफ्रेर क्रससँग राम्रो सम्पर्क गर्दै स्पेनलाई अघि बढाए ।

२३ औं मिनेटमा मोराटाकै प्रहार गोलरक्षक शुइची गोन्डाले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । गाभीको पासमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट मोराटाले गरेको शक्तिशाली प्रहार सिधै हातमा पुगेपनि गोन्डाले पहिलो प्रयास फुस्काएका थिए ।

समूहको अर्को खेलमा जर्मनीले कोस्टारिकाविरुद्ध १-० को अग्रता लिएको छ । अहिलेकै स्कोर अन्त्यसम्म कायम रहे स्पेन समूह विजेता र जर्मनी उपविजेता बन्दै अघि बढ्नेछन् । अहिलेको अवस्थामा स्पेन ७ अंकसहित समूहको शीर्षस्थानमा रहनेछ । जर्मनी ४ अंकका साथ दोस्रो हुनेछ । जापान र कोस्टारिका ३-३ अंकका साथ तेस्रो र चौथो हुनेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.