3 years ago
December 2, 2022
सुबास हुमागाईं, कतार
एसियाली राष्ट्र जापानले पूर्व विश्वकप विजेता स्पेनलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को विजेता बनेको छ । खलिफा रंगशालामा विहीबार दोस्रो हाफमा सानदार पुनरागमन गर्दै जापान २-१ को जित दर्ता गर्न सफल रहयो ।

पहिलो हाफमा एकपक्षीय देखिएको खेल दोस्रो हाफमा भने फेरियो । स्पेनले पहिलो हाफमा बल पोसेसनमा अत्याधिक पकड जमाउँदै आक्रमण बुनेको थियो । अग्रता लिएपछि स्पेनले पाएको थप अवसर सदुपयोग गर्न सकेन ।
त्यसको असर दोस्रो हाफमा देखियो । जापानले सुरुवाती समयमा नै लगातार गोल गर्दै स्पेनमाथि अग्रता लियो । जापानले त्यसपछि अग्रता जोगाउँदै स्पेनलाई स्तब्ध पार्यो ।
यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
छैटौं मिनेटमा स्पेनका कप्तान सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरियो । लगत्तै अर्को तर्फ जुन्या इटोले पेनाल्टी क्षेत्रको दायाँबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको १२ औं मिनेटमा स्पेनले अग्रता लियो । सेजार एज्पिलीक्वेटाको क्रसमा अल्भारो मोराटाले हेडरमार्फत गोल गरे । उनले दुई डिफेन्डरको बिचमा उफ्रेर क्रससँग राम्रो सम्पर्क गर्दै स्पेनलाई अघि बढाए ।
२३ औं मिनेटमा मोराटाकै प्रहार गोलरक्षक शुइची गोन्डाले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । गाभीको पासमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट मोराटाले गरेको शक्तिशाली प्रहार सिधै हातमा पुगेपनि गोन्डाले पहिलो प्रयास फुस्काएका थिए ।

दोस्रो हाफको सुरुवातमै जापानले लगातार गोल फर्कायो । ४८ औं मिनेटमा रित्सु डोआनले सुन्दर गोल गरे । स्पेनले आफ्नै पेनाल्टी क्षेत्रनिर बल खेलाउने प्रयास गर्दा दबाबमा रहेपछि राम्रो क्लियर गर्न नसक्दा जापानले बल खोस्यो । डोआनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक उनाइ सिमोनको हातमा लाग्दै गोल भएको थियो ।
त्यसको दुई मिनेटमै जापानले अर्को गोल थप्यो । काओरु मितोमाले पेनाल्टी क्षेत्रबाट मैदानबाहिर जान लागेको बललाई बचाउँदै दिएको क्रसमा आओ तानाकाले गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीबाट निकै लामो समय परिक्षण गरेपछि गोल कायम रहेको निर्णय आएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]