3 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरेका थिए ।

जापानले स्पेनलाई २-१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो । स्पेन पराजित भएपनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन ।
जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले नै हराएको थियो । स्पेनको खेलजस्तै जापान जर्मनीविरुद्ध पहिलो हाफमा १-० ले पछि परेर दबाबमा रहेको थियो । तर दुवै खेलमा जापानले दोस्रो हाफमा सानदार पुनरागमन गर्यो ।

यता स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित गर्नु महत्त्वपूर्ण सावित भयो । समूहको दोस्रो स्थान निर्णय गर्न गोलअन्तर आधार बन्न पुग्यो । स्पेन ६ गोलले अघि रहँदा जर्मनी मात्र १ गोलले माथि थियो । कोस्टारिका भने जापानविरुद्ध १-० को जितमा जोडेको ३ अंकसहित पुछारमा कायम रहयो ।
खेलका दौरान एक समय स्पेन पनि समूह चरणबाट बाहिरिने समीकरण रहेको थियो । कोस्टारिकाले जर्मनीविरुद्ध अग्रता लिएको बेलामा स्पेन अंक तालिकाको तेस्रो स्थानमा पुगेको थियो । तर जर्मनीले खेलमा पुनरागमन गर्दै जित हासिल गर्दा स्पेन जोगिएको हो । यदी जर्मनी पराजित भएको भए स्पेन पनि समूह चरणबाट बाहिरिने थियो ।
जितका बाबजुद जर्मनी भने घर फर्कने भएको छ । जापान युरोपका दुई ठूला टोलीलाई २-१ ले स्तब्ध पार्दै अघि बढ्न सफल रहयो ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]