default_image

3 years ago

December 2, 2022

पोर्चुगल र दक्षिण कोरिया खेल्दै

389 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग खेल्दैछ ।

पोर्चुगल र कोरियाबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा उरुग्वे र घानाले पनि प्रतिस्पर्धा गर्नेछ ।

पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम १६ मा स्थान बनाइसकेको पोर्चुगल समूह विजेता बनेर अघि बढ्न चहान्छ । दक्षिण कोरियाविरुद्ध बराबरीको नतिजा नै पोर्चुगलाई समूह विजेता बन्न पर्याप्त हुनेछ । यो अवस्थाका बीच पोर्चुगल आफ्नो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । दक्षिण कोरियासँग पराजित भएपनि उरुग्वे र घानाले बराबरी खेलेमा पनि पोर्चुगल समूह विजेता बन्नेछ ।

टोलीसँग डिओगो कोस्टा, जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, पेपे, एन्टोनियो सिल्भा, विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा, जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा छन् । दक्षिण कोरियाविरुद्ध प्रशिक्षक फर्नान्डो सान्तोषले सिनियर खेलाडीलाई विश्राम पनि दिन सक्नेछ ।

दक्षिण कोरिया पोर्चुगललाई स्तब्ध पारेर अघिल्लो चरणमा पुग्न चहान्छ । कोरियाको लागि भने नकआउट चरणमा पुग्नका लागि पोर्चुगललाई हराएर मात्र पुग्दैन अर्को खेलमा घानाले उरुग्वेसँग बराबरी वा उरुग्वेले घानालाई हराउनुपर्नेछ । कोरिया र उरुग्वेले आफ्नो खेल जिते दुवैको समान ४ अंक हुनेछ र यस्तोमा गोलअन्तर निर्णायक हुनेछ ।

यसअघिको दुई संस्करणको समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया यसपल्ट त्यो विगत दोहो¥याउन चाहदैन । दक्षिण कोरियाले पछिल्लोपटक २०१० मा समूह चरण पार गरेको थियो ।

दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल, जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, सन ह्युङ मिन, ह्वाङ यी जो र चो ग्वी सुङ छन् ।

यि दुई टोली हालसम्म एकपटक प्रतिस्पर्धा दक्षिण कोरिया विजयी भएको छ । सन् २००२ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा दक्षिण कोरियाले पोर्चुगललाई समूह चरणमा १–० ले पराजित गरेको थियो । त्यसबेला पार्क जि सुङले निर्णायक गाेल गरेका थिए ।

त्यसयता यि दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । दक्षिण कोरिया उक्त जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा पोर्चुगल उक्त हारको बदला लिने सोचमा हुनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.