3 years ago
December 2, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दा १२ वर्षअघिको घट्ना सम्झने छ ।

यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच खेल हुनेछ ।
घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा १२ वर्षअघि विश्वकपमै भएकोे घट्ना नआउने कुरै हुँदैन । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा यी दुई टोली क्वाटरफाइनलमा भिडेका थिए ।
त्यसबेला उरुग्वेका फरवार्ड लुइस सुआरेजले अतिरिक्त समयमा गोल लाइनबाट गोलरक्षकले झै हातले बल रोक्दै घानाकाे सम्भावित गाेल राेकेका थिए । जसले गर्दा घाना सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोली बन्ने इतिहाच रच्नबाट बञ्चित बनेको थियो ।
त्यसपछि सुआरेज रातो कार्ड पाउँदै मैदान बाहिरिए भने घानाले पेनाल्टी पायो । तर असामोह जियानको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिदा घानाले जित निकाल्न सकेन । टाइब्रेकरमा घानालाई हराएर उरुग्वे सेमिफाइनल पुगेको थियो ।
यो घट्नालाई घानाले त बिर्सने कुरै भएन सारा विश्वले नै बिर्सिएको छैन । तर, कतार विश्वकपमा घानासँग भिड्नुअघि सुआरेजले १२ वर्षअघिको त्यो खेलमा आफ्नो गल्ती नभएको र माफी नमाग्ने समेत बताइसकेका छन् । ‘म माफी माग्दिन किनकी मैले ह्यान्ड गरेँ र रातो कार्ड पाए । तर घानाका खेलाडीले पेनाल्टी मिस गरे । यो मेरो गल्ती होइन किनकी पेनाल्टी मैले मिस गरेको होइन’, सुआरेजले भने ।
घानाका प्रशिक्षक ओट्टो एड्डोले घानाको फुटबल इतिहासमा त्यो घटनाको नराम्रो सम्झना रहेपनि आफूहरु बदला लिने भन्दा पनि आफ्नो खेल पस्कने बताए ।
यस खेलमा उरुग्वेलाई हराए घाना अन्तिम १६ मा पुग्नेछ । पराजित भएमा बाहिरिनेछ । बराबरीको नतिजामा अघि बढ्ने सम्भावना रहँदा अर्काे खेलमा दक्षिण कोरियाले अंक गुमाउनुपर्नेछ ।
घानासँग लवरेन्स एटी जिगी, बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, गिडेओन मेनसाह, डेनिस ओडोई, अलिडु सेइडु, मोहम्मेद सालिसु, तारिक लाम्प्टे, थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस सामेद, आन्द्रे आयु, जोर्डन आयु, कमलदिन सुलेमाना, फतावु इशाहाकु, ओस्मान बुकारी, इनाकी विलियम्स, एन्टोनी सेमेन्यो र कमल सोवह छन् ।
उरुग्वेलाई भने आँफुले जितेर मात्रै पुग्दैन अर्काे खेलमा दक्षिण कोरियाले पोर्चुगलसँग अंक गुमाउनुपर्नेछ । यस विश्वकपमा गोल र जित निकाल्न नसकेको उरुग्वे घानालाई हराएर अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न चहान्छ ।
टोलीसँग सर्जियो रोसे, डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रिग्वेज, माटीयास भिना, फेडे भालभेर्डे, रोड्रिगो बेन्टान्कुर, माटिआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो, लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज र म्याक्सिमिलियन गोमेज छन् ।
घाना र उरुग्वेको पहिलो र पछिल्लो भेट त्यही सन् २०१० को विश्वकप नै हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि उरुग्वेले टाइब्रेकरमा जित निकालेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]