3 years ago
December 2, 2022
एजेन्सी – एक खेल अगावै फिफा विश्वकप कतार २०२२ मा समूह चरण पार गरिसकेको ब्राजिलले आज (शुक्रबार) समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दैछ ।

यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यही समयमा सर्विया र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
ब्राजिलले समूह चरण पार गरिसक्दा स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बियामध्येबाट एक टोली नकआउट चरणमा पुग्नेछ । ब्राजिल दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्डको ३ तथा क्यामरुन र सर्बियाको समान १ अंक छ ।
अन्तिम १६ मा पुगिसकेका कारण अफ्रिकी प्रतिद्धन्द्धीविरुद्ध मैदान उत्रदा ब्राजिललाई कुनै दवाव हुनेछैन । प्रशिक्षक टिटेले बेञ्चका खेलाडीलाई मौका दिन सक्छन् ।
चोटका कारण स्टार फरवार्ड नेयमारसँगै डानिलो र एलेक्स सान्ड्रो टोलीमा हुनेछैनन् । प्रशिक्षक टिटेले भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई क्यामरुनविरुद्ध पहिलो रोजाईमा मौका दिन सक्नेछन् । सम्भवत् उनले नै टोलीको कप्तानी सम्हाल्नेछन् । क्यामरुनविरुद्ध खेलेमा उनी ब्राजिलबाट विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बन्नेछन् । ३९ वर्षीय उनी अझैपनि उस्तै खेल खेल्ने सक्ने क्षमता राख्दछन् ।
यस्तै टोलीसँग एसिसनसँगै आल्भेस, फाविन्हो, एन्टोनी, थियागो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, एलेक्स टेलेस, ब्रेमर, क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस, एभर्टन रिबिएरो, रिचार्लीसन, भिनिसियस जुनिअर, राफिन्हा, रोड्रिगो, पेड्रो, ग्याब्रिएल जेसस र छन् ।
क्यामरुनविरुद्ध बराबरीले पनि ब्राजिल समूह जी को विजेता बन्नेछ । तर ब्राजिल समुहमा आफ्नो तीनै खेलमा जित निकाल्न चहान्छ । क्यामरुनसँग पराजित हुँदा अर्काे खेलमा स्वीट्जरल्यान्डले सर्वियालाई कम गोल अन्तरमा हराएमा पनि ब्राजिल समूह विजेता बन्नेछ । क्यामरुनसँग हार्दा र स्वीट्जरल्यान्डले ३ भन्दा बढी गोल अन्तरले जित्दा मात्रै ब्राजिल समूह उपविजेता हुनेछ ।
क्यामरुनलाई भने अन्तिम १६ मा पुग्न निश्चित जितसँगै अर्काे खेलमा स्वीट्जरल्याण्डले हार बेहोर्नुपर्नेछ । दुई खेलबाट १ अंक जोडेको क्यामरुन ब्राजिललाई हराएर सम्भावना बलियो पार्न चहान्छ ।
टोलीसँग डेविस एपासी, जान–चाल्सकास्टलेटो, एन्जो एबोसे, कोलिन्स फाइ, ओलिभिएर बाइजो, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह, मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा, भिन्सेन्ट अबुबकार, क्रिस्तियाँ बस्सोगोग, एरिक म्याक्सिम चुपो मोटिङ, सौअबियो मारोउ, ब्रायन एम्बुएमो, निकोलस ओउमी गामलेउ, जेरोम एन्गोम, जर्जेस केभिन एन्कुडु, जान–पिएर एन्सामे र कार्ल टोको एकाम्बी छन् ।
यि दुई टोली हालसम्म ६ पटक खेलेकाछन् । ब्राजिल ५ खेलमा विजयी हुँदा क्यामरुनले एक खेल जितेको छ । क्यानरुनले ब्राजिललाई २००३ मा फिफा कन्फेडेरेसन कपमा १–० ले पराजित गरेको थियो । त्यसपछिको दुवै खेलमा ब्राजिल विजयी भएको छ । सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले १–० को जित निकालेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]