3 years ago
December 2, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियाको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले बंगलादेशका समर्थकलाई धन्यवाद दिएका छन् ।

अर्जेन्टिनाको लिगले ट्वीटरमा बंगलादेशमा अर्जेन्टिनाका समर्थक तथा मेस्सी बंगलादेशको झन्डासहित तस्वीर प्रकाशित भएको थियो । त्यसबारे पत्रकार सम्मेलनमा सोध्दा स्कालोनीले यस्तो जवाफ दिए । ‘पहिला डिएगो र अहिले मेस्सीका कारण विश्वभर अर्जेन्टिनालाई मन पराउने खेलप्रेमी छन् । यो फुटबलकै कारण भएको हो । हामीले देख्यौं बंगलादेशका समर्थकले अर्जेन्टिनाको समर्थन गर्छन् । अन्य थुप्रै देश पनि छन् जसले हामीलाई समर्थक गरेका छन् । यसले हामीलाई निकै हौसला बढाउँछ । बंगलादेशलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।
Lionel Messi 🤜🤛 Bangladesh
— Liga Profesional Eng (@LigaAFA_Eng) November 28, 2022
🇦🇷🇧🇩
That's it. That's the tweet. pic.twitter.com/5QJBYDIgVD
स्कालोनीले यसपटक विश्वकपमा कुनै टोलीलाई कमजोर आँक्न नमिल्ने पनि बताए । ‘यसपटक विश्वकपमा कुनै टोली सानो ठूलो भन्ने छैन । विश्वकपमा आउन हरेक टोलीले राम्रो तयारी गरेका छन् । ठूला नाम गरका टिम अघि बढ्नुपर्छ भन्ने हुँदैन । खेलको दौरान राम्रो तयारीले धेरै फरक पार्छ र यसपटक हामीले त्यस्तो नतिजा देखेका छौं । हिजोको खेलमा पनि त्यस्तै हो, एक समयमा खेलमा पकड जमाएपछि रणनीतिमा खेल्ने हो,’ उनले भने ।
अष्ट्रेलियाविरुद्ध खेलका लागि अझै सुरुवाती ११ तयार नभएको उनले बताए । ‘भोली कसरि खेल्ने भन्ने सोचेका छौं । तर को खेल्छ भन्ने निर्णय लिइसकेको छैन । आज प्रशिक्षणपछि खेलाडीको अवस्था हेरेर अन्तिम टोली छनोट हुनेछ,’ उनले भने ।
कतारमा जारी प्रतियोगितामा एसियाली राष्ट्रले राम्रो नतिजा निकालेका छन् । तर स्कलोनीले अष्ट्रेलियालाई एसियाको मात्र नभएर एक राम्रो टोलीको रुपमा हेरेको बताए । ‘एसियामा खेलेको भएर होइन, अष्ट्रेलिया राम्रो भएको कारण नै कठिन हुन्छ जस्तो लाग्छ । अष्ट्रेलिया विश्वकपमा इतिहास बोकेको टोली हो । छनोटमा पनि राम्रो खेलेको टोली हो । विंगमा राम्रा खेलाडी छन् । मिडफिल्डमा अनुभव बोकेका खेलाडी छन् । पक्कै सहज खेल हुने छैन,’ उनले भने ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]