3 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई बेन्चमा राखेको छ । पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दैछ ।

पोर्चुगलले टोलीका मुख्य खेलाडीलाई विश्राम दिँदै पछिल्ला खेलमा बेन्चमा रहेका खेलाडीलाई अवसर दिएको छ । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा रहेका छन् । उनलाई भितिन्हा र रिकार्डो होर्टाले साथ दिनेछन् । मिडफिल्डमा रुबेन नेभेस, जोआओ मारियो र माथिअस नुनेस खेल्दैछन् ।
डिफेन्समा रुबेन डियासले विश्राम पाउँदा युवा डिफेन्डर एन्टोनियो सिल्भाले सुरुवात गर्दैछन् । डिओगो डालोट र जोआओ क्यान्सेलोसँग पेपे पनि डिफेन्समा छन् । डिओगो कोस्टा गोलरक्षकमा छन् ।
कोरियाले कप्तान ह्युङ मिन सन र मुख्य फरवार्ड ग्युसुङ चोलाई आक्रमणमा उतारेको छ । कांगइन ली, ह्वाङ इन्बेम, ली जे सुङ र जुंग वोयुङले मिडफिल्ड सम्हाल्नेछन् । डिफेन्समा किम योङवुन, क्वों क्युङवन, किम जिन्सु र किम मूनह्वान छन् । गोलरक्षक किम स्युङयु छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]