3 years ago
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोरिया पहिलो हाफमा १-१ को बराबरीमा छन् ।

खेलको सुरुवातमा अग्रता लिएको पोर्चुगलले मध्यतिर गोल खाएको थियो । यस समूहमा शीर्ष स्थानमा रहन पोर्चुगललाई १ अंकले पुग्नेछ । कोरिया भने अघि बढ्ने समीकरण जिवित राख्न जित हासिल गर्नुपर्ने अवस्थामा छ ।
खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।
२७ अौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।
समूहको अर्को खेलमा उरुग्वे घाना विरूद्ध २-० ले अघि छ ।
दुई खेलको सकिँदा पोर्चुगल ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]