default_image

9 years ago

December 26, 2016

सेन्ट जेभियर्स जावलाखेललाई फादर स्टार स्मृति छात्रा फुटबल उपाधि

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल, जावलाखेलले फादर एलेन स्टार स्मृति छात्रा आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा सेन्ट जेभियर्सले गोदावरीको क्रेसेन्ट एकेडेमी इङलिस स्कुललाई १–० ले हराएको थियो । जेभियर्सका लागि दिलाशा पराजुलीले गोल गरेकी थिइन् ।

girls-ft

फादर एलेन स्टारको स्मृतिमा सेन्ट जेभियर्स गोदावरीले सन् २०११ देखि प्राथमिक तहका छात्राका लागि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । विजेता उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला समितिकी अध्यक्ष कल्पना पिया श्रेष्ठले पुरस्कृत गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले विद्यालयस्तरका प्रतियोगिताले महिला फुटबल विकासका लागि आधार तयार पार्ने बताइन् । सेन्ट जेभियर्स गोदावरीका प्रिन्सिपल सामुयल सिमिक, सुपेरिअर अरुल सेल्भमले प्रमुख अतिथि अध्यक्ष श्रेष्ठ, रेफ्री माया लामा र राधिका शाक्यलाई मायाको चिनो प्रदान गरेका थिए । एक दिने प्रतियोगितामा ७ टोलीको सहभागिता थियो ।

11

gf

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.