default_image

3 years ago

December 3, 2022

ब्राजिलले मुख्य खेलाडीलाई विश्राम दियो

219 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुनको सामना गर्दैछ । नकआउट चरणमा स्थान पक्का गरेको ब्राजिलले अन्तिम खेलमा चोटका बाबजुद मुख्य खेलाडीलाई विश्राम दिएको छ ।

ब्राजिलले आक्रमणमा रिचार्लीसनको स्थानमा ग्यब्रीएल जेससलाई खेलाएको छ । त्यस्तै राफिन्हा र भिनीसियसको स्थानमा ग्यब्रीएल मार्टिनेली र एन्टोनी खेल्दैछन् । डिफेन्समा एडर मिलिसाओ र ब्रेमरको जोडीले अवसर पाएको छ । थियागो सिल्भा र मार्किन्हस विश्राममा छन् । टोलीको कप्तानी ड्यानी आल्भेसले सम्हाल्ने भएका छन् ।

मिडफिल्डमा क्यासेमिरोको स्थानमा फाबिन्होले सुरुवात गर्दैछन् । ब्राजिलले नियमित गोलरक्षक एलिसनलाई विश्राम दिँदै एडरसनलाई पहिलो रोजाइमा अवसर दिएको छ । लेफ्ट ब्याकमा एलेक्स टेलेस तथा मिडफिल्डमा फ्रेड र रोड्रीगो खेल्दैछन् ।

चोटका कारण ब्राजिलको टोलीबाट नेयमार, ड्यानिलो र एलेक्स सान्ड्रो खेलमा उपस्थित छैनन् । अन्य खेलाडीले भने बेन्चबाट मैदान प्रवेश गर्न सक्नेछन् । ब्राजिलले समूह विजेता पक्का गर्न बराबरी खेले पुग्छ । हारले पनि टोली समूह विजेता बन्न सक्छ तर अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । क्यामरुनलाई भने जितको विकल्प छैन ।

ब्राजिल कतारमा जारी विश्वकपमा सबै खेल जित्ने एकमात्र टोली बन्न चाहन्छ । हालसम्म प्रतियोगिता खेलेका ३२ टोलीमध्य अंक गुमाउन बाँकी रहेको ब्राजिल एकमात्र टोली हो ।

सुरुवाती ११ :

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.