3 years ago
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेलमा गोल भएको छैन ।

स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले गोल गर्दै खेल बराबरीमा ल्यायो । यस खेलमा सर्बियालाई नकआउट समीकरण जीवित राख्न जित आवश्यक छ भने स्विटजरल्यान्ड जित हासिल गरे अघि बढ्ने पक्का हुनेछ ।
खेलको पहिलो मिनेटमा नै स्विटजरल्यान्डको अग्रता लिने प्रयासमा सर्बियाका गोलरक्षक भान्जा मिलिन्कोभिच साभिच बाधक बने । ग्रानिट झाकाको पहिलो प्रहार विफल पारेका उनले स्वीस खेलाडीको दोस्रो प्रयासलाई पनि पोस्टतर्फ जान दिएनन् ।
११ औं मिनेटमा सर्बियाको अग्रतासामु पोस्ट बाधक बन्यो । आन्द्रिजा जिभ्कोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक ग्रेगोर कोबेल बिट भएपनि बल पोस्टमा लाग्यो । शक्तिशाली प्रहारबाट आएको रिबाउन्ड पोस्टअघि रहेका एलेक्जेन्डर मित्रोभिच र डुसान भ्लाहोभिचलाई लाग्दै गोलरक्षक कोबेलकै हातमा पुगेको थियो ।

२० औं मिनेटमा स्विटजरल्यान्डले जेर्डान शाकिरीको गोलमा अग्रता लियो । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।
२७ औं मिनेटमा सर्बिया मित्रोभिचको गोलसँगै खेल बराबरी गर्न सफल भयो । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।
३५ औं मिनेटमा सर्बियाले भ्लाहोभिचको गोलमा अग्रता लियो । मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।
४४ औं मिनेटमा स्विटजरल्यान्डले पनि बराबरी गोल फर्कायो । सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।

समूहको अर्को खेलमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेको छैन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफको स्कोर कायम रहे ब्राजिल ७ अंकसाथ समूह विजेता बन्नेछ । स्विटजरल्यान्ड ४ अंकसहित दोस्रो बन्नेछ । क्यामरुन र सर्बिया २-२ अंक सहित समूह चरणबाट बाहिरिनेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]