default_image

3 years ago

December 3, 2022

हारका बाबजुद ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा

302 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी बाट ब्राजिल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेको हो ।

लुसेल रंगशालामा शुक्रबार ब्राजिलले क्यामरुनलाई दबाबमा राखेपनि गोल गर्न सकेन । नकआउट चरणमा स्थान पक्का भइसकेको कारण मुख्य खेलाडीलाई विश्राम दिएको ब्राजिलले आक्रमणमा बिर्सनलायक प्रदर्शन गर्यो । सुरुवाती रोजाइमा खेलेका ग्याब्रीएल जेसस र उनको स्थानमा आएका पेड्रो दुवैले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । तर इन्ज्युरी समयमा क्यामरुनले कप्तान भिन्सेन्ट अबुबकारमार्फत गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

पहिलो हाफमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पनि खेलको कथा पहिलो हाफजस्तै रहयो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा क्यामरुनले अग्रता लियो । कप्तान भिन्सेन्ट अबुबकारले हेडरमार्फत गोल गर्दै क्यामरुनलाई अप्रत्याशित अग्रता दिलाए । उनले जेरोम एनगोमको क्रसमा गरेको हेडर गोलरक्षक एडरसनले बचाउने कुनै अवसर नै पाएनन् । गोल गरेपछि जर्सी खोलेर खुसी मनाएका अबुबकार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै बाहिरीए ।

यस हारका बाबजुद ब्राजिल समूह विजेता बनेको छ । ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.