default_image

3 years ago

December 3, 2022

ब्राजिललाई हराएको क्यामरुन समूह चरणबाट बाहिरियो

276 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिललाई पराजित गरेपनि क्यामरुन नकआउट चरणमा पुग्न सकेन । कप्तान भिन्सेन्ट अबुबकारले इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई १-० को जित दिलाएका थिए ।

हारका बाबजुद ब्राजिल समूह विजेता बन्यो । समूहको अर्को खेलमा स्विटजरल्यान्डले सर्बियालाई ३-२ ले पराजित गरेपछि क्यामरुन अघि बढ्न सकेन । क्यामरुन पहिलो खेलमा स्वीस टोलीसँग १-० ले पराजित भएको थियो । उक्त नतिजा नै समूह समीकरणमा निर्णायक सावित भयो ।

ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुन ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

लुसेल रंगशालामा शुक्रबार ब्राजिलले क्यामरुनलाई दबाबमा राखेपनि गोल गर्न सकेन । नकआउट चरणमा स्थान पक्का भइसकेको कारण मुख्य खेलाडीलाई विश्राम दिएको ब्राजिलले आक्रमणमा बिर्सनलायक प्रदर्शन गर्यो । सुरुवाती रोजाइमा खेलेका ग्याब्रीएल जेसस र उनको स्थानमा आएका पेड्रो दुवैले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । तर इन्ज्युरी समयमा क्यामरुनले कप्तान भिन्सेन्ट अबुबकारमार्फत गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

पहिलो हाफमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पनि खेलको कथा पहिलो हाफजस्तै रहयो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा क्यामरुनले अग्रता लियो । कप्तान भिन्सेन्ट अबुबकारले हेडरमार्फत गोल गर्दै क्यामरुनलाई अप्रत्याशित अग्रता दिलाए । उनले जेरोम एनगोमको क्रसमा गरेको हेडर गोलरक्षक एडरसनले बचाउने कुनै अवसर नै पाएनन् । गोल गरेपछि जर्सी खोलेर खुसी मनाएका अबुबकार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै बाहिरीए ।

यता रंगशाला ९७४ मा सर्बियालाई ३-२ ले हराउँदै स्विटजरल्यान्ड अन्तिम १६ मा प्रवेश गर्यो । स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले गोल गर्दै खेल बराबरीमा ल्यायो । दोस्रो हाफको सुरुवाती मिनेटमै गोल गर्दै स्वीस टोलीले अग्रता लियो । त्यसपछि थप गोल हुन नसक्दा स्विटजरल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । अब स्विटजरल्यान्डले पोर्चुगलको सामना गर्नेछ ।

खेलको पहिलो मिनेटमा नै स्विटजरल्यान्डको अग्रता लिने प्रयासमा सर्बियाका गोलरक्षक भान्जा मिलिन्कोभिच साभिच बाधक बने । ग्रानिट झाकाको पहिलो प्रहार विफल पारेका उनले स्वीस खेलाडीको दोस्रो प्रयासलाई पनि पोस्टतर्फ जान दिएनन् ।

११ औं मिनेटमा सर्बियाको अग्रतासामु पोस्ट बाधक बन्यो । आन्द्रिजा जिभ्कोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक ग्रेगोर कोबेल बिट भएपनि बल पोस्टमा लाग्यो । शक्तिशाली प्रहारबाट आएको रिबाउन्ड पोस्टअघि रहेका एलेक्जेन्डर मित्रोभिच र डुसान भ्लाहोभिचलाई लाग्दै गोलरक्षक कोबेलकै हातमा पुगेको थियो ।

२० औं मिनेटमा स्विटजरल्यान्डले जेर्डान शाकिरीको गोलमा अग्रता लियो । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

२७ औं मिनेटमा सर्बिया मित्रोभिचको गोलसँगै खेल बराबरी गर्न सफल भयो । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।

३५ औं मिनेटमा सर्बियाले भ्लाहोभिचको गोलमा अग्रता लियो । मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।

४४ औं मिनेटमा स्विटजरल्यान्डले पनि बराबरी गोल फर्कायो । सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै स्वीस टोलीले टिम मुभमा सुन्दर गोल गर्यो । रेमो फ्रुएलरले अन्तिम प्रहारमार्फत गोल गरेपनि एम्बोलो र सोउले एक आपसमा पास खेल्दै सर्बियाको डिफेन्सलाई बल बचाउने कुनै अवसर दिएनन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.