3 years ago
December 3, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पक्का भएको छ ।

अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा पुग्न ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ । त्यस्तै अन्तिम १६ मा पोर्चुगलले स्विटजरल्यान्डको सामना गर्नेछ ।
समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्यो । सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अघि बढेको हो । ४ अंक जोडेको इक्वेडर र अंकविहिन कतार समूह चरणबाट बाहिरीए ।
समूह बी मा इंग्ल्यान्ड ७ अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्सले समूह चरण पार गर्न सकेनन् ।
समूह सी मा अर्जेन्टिना समूह विजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्लो दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्यान्ड र मेक्सिको समान ४-४ अंक जोडेपनि गोलअन्तरमा पोल्यान्ड अघि बढ्यो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रह्यो ।
समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहयो । अन्तिम खेलमा ट्युनिसियासँग हारेको सावित विजेता फ्रान्सले ६ अंक जोड्यो । अष्ट्रेलियाले फ्रान्ससँग पहिलो खेल हारेपछि लगातार जित दर्ता गर्दै ६ अंकका साथ नकआउट चरणमा स्थान बनायो । ४ अंक जोडेको ट्युनिसिया र १ अंक जोडेको डेनमार्क समूह चरणबाट बाहिरीए ।
समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम ४ अंक जोड्दै समूह चरणबाट बिदा भयो । क्यानाडा अंकविहिन रहँदै बाहिरियो ।
समूह जी मा ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुन ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।
समूह एचमा पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]