3 years ago
December 3, 2022
एजेन्सी – घानाका मुख्य प्रशिक्षक ओटो एडोले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।

विश्वकप २०२२ मा घानाले समूह ‘एच’ मा तीन खेलमा केवल एक खेलमा मात्रै जित निकाल्न सफल भएको थियो । दक्षिण कोरियालाई ३–२ ले हराएको घानाले पोर्चुगलसँग ३–२ ले तथा उरुग्वेसँग २–० ले पराजित हुँदै समूहमा पुछारमा रह्यो ।
४७ वर्षीय घानाका पुर्व मिडफिल्डर एडोले गत फेब्रुअरीदेखि टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तत्कालिन प्रशिक्षक मिलोभान राजेभाकलाई प्रतिस्थापन गर्दै उनी टोलीको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनको सम्झौता यसै विश्वकप अर्थात डिसेम्वरसम्म रहेको थियो ।
त्यसअघि उनले सहायक प्रशिक्षकको रुपमा घानाको टोलीमा काम गरेका थिए । उनले जर्मन क्लब बोरुसिया डर्टमन्डमा पनि प्रतिभा प्रशिक्षकको भूमिका निभाएका थिए । त्यसैबाट उनी डर्टमुन्डको सहायक प्रशिक्षक बनेका थिए । लुसियन फाब्रेको बर्खास्तीपछि उनी डर्टमुन्डको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए । त्यसबेला उनले जर्मन डिएफवी पोकल जितेका थिए ।
२५ सेप्टेम्वर २०२१ मा उनी घानाको पुरुष फुटबलसँग जोडिएको थियो । जर्मनीको ह्यामवर्गमा जन्मिएका उनले आफ्नो खेल र कोचिङ करियरको अधिकांश समय जर्मनीमा बिताएका छन् । उनको प्रशिक्षणमा घानाले १२ खेल खेल्दा ४ जित, ३ बराबरी र ५ हारको नतिजा निकालेको छ ।
‘मैले सधैं भनेको थिएँ कि यदि हामी विश्वकपका लागि छनोट भयौं भने म विश्व च्याम्पियन भए पनि पछि राजीनामा दिनेछु ।’ उनले भने, ‘मेरो परिवारले हाम्रो भविष्य जर्मनीमै देखेको छ । फुटबल सुन्दर छ, कहिलेकाहीँ यो कुरूप छ । यो आज हाम्रो लागि कुरूप छ । हामीले सिक्नु पर्छ र म विश्वस्त छु कि हामी भविष्यमा यसबाट सिक्ने छौं ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]