default_image

3 years ago

December 3, 2022

नेयमारको चोटको अवस्थाबारे ब्राजिलको डाक्टर यसो भन्छन्

287 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भयो । नकआउट चरणमा पुगिसकेको टोलीले चोटको समस्याबाट टाढा रहन मुख्य खेलाडीलाई विश्राम दिने निर्णय गर्यो ।यसैपनि तीन खेलाडी घाइते भएको ब्राजिलको अन्तिम खेलमा थप दुई खेलाडी चोट बोक्न पुगे ।

ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारका अनुसार टोलीमा चोटका कारण विश्राममा रहेका तीन खेलाडीको स्थिति सुधारिएको छ । तर क्यामरुनविरुद्ध खेलमा थप दुई खेलाडी चोट बोक्न पुगेका छन् । यसअघि चोटका कारण बाहिर रहेका तीनमध्य नेयमार र एलेक्स सान्ड्रोले शनिबार प्रशिक्षण गर्नेछन् ।

‘घाइते खेलाडीमध्य म ड्यानिलोको बारेमा भन्छु । उनले आज पूर्ण रुपमा बलसँग प्रशिक्षण गरे । उनको सुधार सोचेजस्तो भइरहेको छ । भोलीबाट टोलीसँग नियमित प्रशिक्षणमा जोडिनेछन् । आशा गरे अनुसार भयो भने उनी अर्को खेलका लागि उपलब्ध हुनेछन्,’ लास्मारले भने ।

‘नेयमार र एलेक्स सान्ड्रोबारे भने अझै केहि भन्ने अवस्था छैन । अर्को खेलका लागि हामीसँग ७२ घण्टा बाँकी छ । हामी त्यो समय उपयोग गर्न चाहन्छौं । दुवै फर्कने सम्भावना पनि छ । अब हाम्रो प्रयासमा कस्तो नतिजा आउँछ हेर्न बाँकी छ ।’

‘नेयमार र एलेक्सले कस्तो सुधार गर्छन् हेर्न बाँकी छ । भोलिदेखि बलसँग प्रशिक्षण गर्नेछन् । त्यसमा उनीहरुले कस्तो महसुस गर्छन्, त्यसै अनुसार अघि बढ्नेछौं ।’

‘क्यामरुनविरुद्ध दुई स्वास्थ्य समस्या देखिएका छन् । एलेक्स टेलेस दायाँ घुँडामा चोट बोकेपछि आएका थिए । हामीले भोलि उनको एमआरआई गर्नेछौं । जेससको पनि दायाँ घुँडामै समस्या देखिएको छ । उनको पनि एमआरआई गरेपछि मात्र थप भन्न सकिन्छ ।’

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.