default_image

3 years ago

December 3, 2022

नेदरल्यान्ड्सलाई अमेरिकाको चुनौती

210 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा आज (शनिबार) देखि नकआउट चरणको खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्डले अमेरिकासँग खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो ।

समूह चरणमा वेल्स र इंग्ल्यान्डसँग बराबरी खेल्दा इरानलाई १–० ले हराएर अमेरिकाले समूहमा अपराजित रहेर नकआउट चरणमा स्थान बनाएको हो । अमेरिका सन् २००२ पछि पहिलोपटक क्वाटरफाइनल पुग्ने योजनामा मैदान उत्रनेछ । अमेरिका सन् २००६ मा समूह चरण, २०१० र २०१४ मा अन्तिम १६ बाटै बाहिरिदा २०१८ को लागि भने छनोट हुनै सकेन ।

अमेरिकासँग म्याट टर्नर, क्यामरन कार्टर भिकर्स, सर्जिनो डेस्ट, आरोन लङ्ग, शक मुर्, टिम रिम, एन्टोनी रबिन्सन,, जो स्केली, डीआन्द्रे यडलिन, वाल्कर जिम्मरम्यान, ब्रेन्डन आरोनसन र कलिन अकोस्टा छन् ।

यस्तै टाइलर एडम्स, लुका डे ला टोरे, वेस्टन मकेनी, युनुस मुसा, क्रिस्टियन रोल्डान, जेसस फरेरा, जोर्डन मोरिस, जिओ रेइना, टिम वेह र हाजी राइट छन् । तर, चाेटका कारण क्रिस्टियन पुलिसिच र जश सार्जेन्टले खेल्ने सम्भावना न्युन छ ।

यता, तीनपटक सन् १९७४, १९७८ र २०१० को विश्वकपको फाइनल खेलेको डच टिम अमेरिकाको चुनौती पन्छाउँदै क्वाटरफाइन्ल पुग्ने लक्ष्यमा हुनेछ । समूहमा सेनेगल र कतारलाई समान २–० ले हराउँदा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको नेदरल्यान्ड् पनि समूहमा अपराजित नै रह्यो ।

सर्वाधिक गोलकर्ताको दौडमा रहेको कोडी गाक्पो र मेम्फिस डिपाएसँगै एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्जील भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरीएन टिम्बर र स्टेफान डे भ्रिज छन्र ।

यस्तै स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर, स्टिभन बर्गवाइन, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग र वुट वेघर्स्ट छन् ।

नेदरल्यान्ड्स र अमेरिकाबीच हालसम्म पाँटपटक भेट भएको छ । नेदरल्यान्ड्सले ४ खेल जितेको छ । एक खेल अमेरिकाले जितेको छ । पछिल्लोपटक अमेरिकाले सन् २०१५ मा नेदरल्यान्ड्सलाई उसकै मैदानमा ४–३ को रोमाञ्चक जित निकालेको थियो ।

त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो । पछिल्लो भेटमा जित निकालेका कारण पनि अमेरिका उच्च मनोवलका साथ अमेरिका मैदान उत्रनेछ । नेदरल्यान्ड्स उक्त हार भुल्दै जितको लक्ष्यमा हुनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.