default_image

3 years ago

December 3, 2022

‘पेनाल्टीका लागि तयार हुनुपर्छ’ – फ्रान्स कप्तान लोरिस

298 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फ्रान्सका कप्तान ह्युगो लोरिसले फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ मा पोल्यान्डविरुद्ध खेल अघि पेनाल्टीका लागि पनि टोली तयार रहनुपर्ने बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा अन्तिम १६ को खेलबारे बोल्दै लोरिसले पोल्यान्डविरुद्ध खेल लेवान्डोस्कीका कारण पनि थप कठिन हुने बताए । ‘लवान्डोस्की विश्वको उत्कृष्ट फरवार्डमा पर्छन् । उनी पोल्यान्डका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उपस्थितिले थप बलियो बनेको टिम आफैंमा राम्रो छ । रक्षात्मक रुपमा पनि र गोलरक्षक सेचेज्नी पनि उच्च लयमा छन् । पोल्यान्ड प्रतियोगिताको नकआउट चरणमा आउन योग्य थियो र सफल पनि भयो,’ उनले भने ।

यसअघि युरो २०२० मा फ्रान्सले स्विटजरल्यान्डसँग अप्रत्याशित हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलबारे सम्झंदै लोरिसले भने, ‘युरोमा स्विट्जरल्यान्ड विरुद्ध बेहोरेको हारबारे हामीले समिक्षा गरेका छौं । खेलमा पूरा समय ध्यान दिनुपर्छ भन्ने जानेका छौं । यस्तो खेलमा हामी हरपल तयार रहनुपर्छ । विपक्षीको प्रतिक्षा गरेर होइन, हामी आफैं एक कदम अघि हुनुपर्छ । अवसर पाउँदा सदुपयोग गर्नुपर्छ । मानसिक रुपमा हरेक अवस्था सामना गर्न तयार रहनुपर्छ ।’

लोरिसले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक चलिरहेका कारण पेनाल्टीका लागि पनि टोली तयार रहेको उनले बताए । ‘पेनाल्टीबारे पनि नजर राखेको छौं । पुराना खेल हेरेर आफू तयारी गर्न सकिन्छ । तर यसले खासै फरक पर्दैन, किनभने खेलमा आफ्नो भित्री निर्णयमा भर पर्ने हो । सधैं खेलाडीले एकै ठाउँमा प्रहार वा गोलरक्षकले डाइभ दिने भन्ने हुँदैन । तर आफ्नो तर्फबाट भने तयार हुनुपर्छ,’ उनले भने ।

फ्रान्स र पोल्यान्डबीच खेल आइतबार नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । यस खेलको विजेताले इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.