3 years ago
December 3, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को नकआउट चरणको दोस्रो खेलमा आज (शनिबार) अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुँदैछ ।

यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे अहमेद विन अली स्टेडियममा हुनेछ । समूह चरणको पहिलो खेलमा हार त्यसपछि लगातार दुई जित अर्जेन्टिना र अष्ट्रेलियाले अन्तिम १६ मा पुग्दाको यात्रा हो ।
भलै अर्जेन्टिना समूह सी को विजेता बन्दा अष्ट्रेलिया डी को उपविजेता बन्यो । नकआउट चरणम पुग्न एकै बाटो अपनाएको यि दुई टोलीको लक्ष्य पनि एकै अन्तिम आठमा पुग्ने नै हुनेछ ।
लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ । आफ्नो करिअरको अन्तिम विश्वकप भनिसकेका ३५ वर्षीय मेस्सीले पाँचौपल्ट विश्वकप खेलिरहँदा टोलीलाई च्याम्पियन बनाउने लक्ष्यमा छ ।
सन् २०१४ को विश्वकपमा उपाधि नजिकै पुगेर पनि त्यो बाटोमा जर्मनी तगारो बन्यो । अतिरिक्त समयमा मोरियो गोट्जेले गोल गरे । २०१८ मा प्रि–क्वाटरफाइनलमै फ्रान्स बाधक बन्यो । त्यसबेला फ्रान्स नै च्याम्पियन बन्यो । अष्ट्रेलियाको चुनौती पन्छाउँदै अर्जेन्टिना अगाडि बढ्न चहान्छ ।
विश्वविजेता फ्रान्ससँग पराजित भएपनि ट्युनिसिया र डेनमार्कलाई हराएर अघि बढेको अष्ट्रेलिया कमजोर प्रतिद्धन्द्धी भने होइन । त्यसकारण अर्जेन्टिना खेलमा सचेत छ ।
एसियाली राष्ट्र साउदीसँग अग्रता लिनुका बावजुत पराजित भएको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्यान्डमाथि समान २–० को जितमा गज्जवको फुटबल खेलेको छ । अर्जेन्टिना त्यही प्रदर्शनलाई अष्ट्रेलियाविरुद्ध निरन्तरता दिदै जितको लक्ष्यमा हुनेछ ।
अर्जेन्टिनाले एसियाली टोलीविरुद्ध हार भोगेको पनि यसैपल्ट साउदीसँग हो । अष्ट्रेलिया त्यसैलाई दोहो¥याउने अर्काे एसियन टोली बन्ने योजनामा रहँदा अर्जेन्टिना त्यो घाउ चिर्दे उपाधितर्फ अघि बढ्ने योजनामा हुनेछ ।
टोलीसँग मेस्सीसँगै लयमा रहेका जुलियन अल्भारेजसँगै एमिलियानो मार्टिनेज, नाहेल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ, रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जल काेरेआ र पाउलो डिबाला छन् ।
यता, सन् २००६ मा अन्तिम १६ मा पुगेयता पहिलोपल्ट समूह चरण पार गरेको अस्ट्रेलिया पनि दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्न चहान्छ । टाेलीमा नाम चलेका खेलाडी नरहेपनि संगठित प्रदर्शन नै उनीहरुकाे ठुलाे शक्ति हाे । अनुभवी म्याथ्यु लेकी र अवेर माविलकाे प्रदर्शनले नै टाेलीकाे यात्रा तय गर्नेछ ।
टाेलीसँग म्याट रायन, अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग, आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हर्स्तिच, राइली मक्ग्री, किनु बाकस, क्यामरन डेभ्लिन, म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स र गारांग कोल छन् ।
यि दुई टोली विश्वकपमा पहिलोपल्ट भिड्न लागेको हो । कन्फेडेरेसन कप र मैत्रीपूर्णगरी यि दुई टोली हालसम्म ७ पटक खेलेका छन् । जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपल्ट सन् २००७ मा अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० ले पराजित गरेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]