default_image

3 years ago

December 3, 2022

कतार विश्वकपमा एसियाको कीर्तिमान

295 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान पक्का गरे । फिफा विश्वकपको २२ औं संस्करण आइपुग्दा एसियाका तीन टोली अन्तिम १६ मा पुगेको यो पहिलो अवसर हो ।

यसअघि सन् २००२ मा जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा पनि एसियाका दुई टोली अघि बढेका थिए । त्यसपछि सन् २०१० मा पनि दुई टोलीले अन्तिम १६ मा स्थान बनाएका थिए । यसपटक भने जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तीन टोलीले समूह चरण पार गरेका छन् ।

यसपटक आयोजक कतारसहित ६ राष्ट्रले विश्वकपमा सहभागिता जनाएका थिए । कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाट नै बाहिरीए । कतार सुरुवाती दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । कतारले यसपटक कुनै अंक जोड्न सकेन । इरान र साउदी अरेबियाले १-१ खेल जित हासिल गरेपनि अन्तिम खेलमा आफू अनुकुल नतिजा निकाल्न नसक्दा समूह चरणबाट बाहिरिए ।

जापान, अष्ट्रेलिया र दक्षिण कोरियाले युरोपेली टोलीलाई पराजित गर्दै समूह चरण पार गरेका हुन् । जापानले समूह विजेता बन्ने क्रममा स्पेन र जर्मनीलाई २-१ ले हराएको थियो । दक्षिण कोरियाले युरोपेली टोलीविरुद्ध उच्च लय कायम राख्दै पोर्चुगललाई २-१ ले हरायो । त्यस्तै अष्ट्रेलियाले डेनमार्कलाई १-० ले पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गर्यो ।

एसियाले कीर्तिमान राख्दा तीनै अवसरमा कोरिया अन्तिम १६ मा पुगेको छ । सन् २००२ मा कोरिया सेमिफाइनल पुग्नु नै एसियाली राष्ट्रको उत्कृष्ट प्रदर्शन हो । त्यसबेला टोली चौथो भएको थियो । यसबाहेक सन् १९६६ मा उत्तर कोरिया क्वाटरफाइनलमा प्रवेश गर्नु नै एसियाको उत्कृष्ट नतिजा हो ।

हालसम्म एसियाली फुटबल महासंघ (एएफसी) मा सदस्य रहेका ४६ मध्य ३४ राष्ट्रले विश्वकप खेलेका छैनन् । नेपालले हालसम्म ८ पटक विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.