default_image

3 years ago

December 3, 2022

नेदरल्यान्ड्सलाई दुई गोलको अग्रता

235 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध दुई गोलको अग्रता लिएको छ । पहिलो हाफको समाप्तिमा नेदरल्यान्ड्स २-० ले अघि छ ।

पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकिरहेको छैन । विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ भइरहेको छ । यता नेदरल्यान्ड्स अग्रता लिएसँगै अमेरिकाविरुद्ध संयमित रुपमा खेलिरहेको छ । काउन्टर अट्याकमा तीव्र आक्रमण बुनिरहेको टोली अमेरिकालाई बल राख्न दिएपनि रक्षात्मक रुपमा बलियो देखिएको छ ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् । अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।

४२ औं मिनेटमा अमेरिकी फरवार्ड टिम वेहको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्द्रिज नोपेर्टले विफल पारे । क्लिअर हुन नसकेको बलमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट अचानक गरेको प्रहार नोपेर्टले बचाएका थिए । लगत्तै सर्जिनो डेस्ट बल लिएर पेनाल्टी क्षेत्र भित्रसम्म पुगेपनि उनले अन्तिम प्रहार गर्न भने पाएनन् ।

तर इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २-० ले अघि बढाए । पुन: एकपटक दायाँ विंगबाट डम्फ्रिजको क्रसमा ब्लिन्डले पहिलो टचमै गरेको प्रहार दुई डिफेन्डरको बीचबाट गोल भयो ।

नेदरल्यान्ड्स सुरुवाती ११ :

एन्द्रिज नोपर्ट

जुरिएन टिम्बर – भर्जील भान डाइक (कप्तान) – नाथन आके

डेन्जल डम्फ्रिज – फ्रेंकी डे जोङ – मार्टेन डे रुन (टिउन कुपमेनर्स) – डेली ब्लिन्ड

डेभि क्लासेन

कोडी गाक्पो – मेम्फिस डिपाए

अमेरिका सुरुवाती ११ :

म्याट टर्नर

सर्जिनो डेस्ट – टिम रीम – वाल्कर जिम्मरम्यान – एन्टोनी रबिन्सन

वेस्टन मकेनी – टाइलर एडम्स (कप्तान) – युनुस मुसाह

क्रिस्टियन पुलिसिच – टिमोथी वेह – जेसस फरेरा

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.