default_image

3 years ago

December 3, 2022

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

267 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।

खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १-१ गोल गरे । हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सिमित भयो ।

अमेरिकाले खेलमा बल पोसेसनमा पकड जमाएपनि त्यसै अनुरुप आक्रमण बुन्न भने सकेन । विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ भएको थियो । नेदरल्यान्ड्सले काउन्टर अट्याकमा अग्रता लिएर संयमित प्रदर्शन गरेको थियो । रक्षात्मक रुपमा बलियो डच टोलीले काउन्टर अट्याकमा तीव्र आक्रमण गर्दा सफलता हासिल गरेको थियो ।

दोस्रो हाफमा अमेरिकाले आक्रमणमा परिवर्तन गर्दै रणनीति बदल्यो । त्यसपछि केहि सुधारिएको आक्रमणमा अमेरिकाले गोल गर्दै खेलमा पनि फर्कियो । तर नेदरल्यान्ड्सले पुन: एकपटक दुई विंग ब्याकको भरपुर सदुपयोग गर्दै दुई गोलको अग्रता बनायो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् । अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।

४२ औं मिनेटमा अमेरिकी फरवार्ड टिम वेहको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्द्रिज नोपेर्टले विफल पारे । क्लिअर हुन नसकेको बलमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट अचानक गरेको प्रहार नोपेर्टले बचाएका थिए । लगत्तै सर्जिनो डेस्ट बल लिएर पेनाल्टी क्षेत्र भित्रसम्म पुगेपनि उनले अन्तिम प्रहार गर्न भने पाएनन् ।

तर इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २-० ले अघि बढाए । पुन: एकपटक दायाँ विंगबाट डम्फ्रिजको क्रसमा ब्लिन्डले पहिलो टचमै गरेको प्रहार दुई डिफेन्डरको बीचबाट गोल भयो ।

खेलको ४८ औं मिनेटमा नोपेर्टले अमेरिकालाई खेलमा फर्कन दिएनन् । कर्नरमा क्लियर नभएको बललाई टिम रीमले पोस्टतर्फ गरेको प्रहार डच गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ डिपाएको प्रहारमा गोलरक्षक टर्नरले उत्कृष्ट बचाउ गर्दै खेल २-० नै कायम राखे । ६१ औं मिनेटमा टर्नरले मेम्फिसको प्रहारलाई जम्प गर्दै बाहिर पठाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । क्रिस्टियन पुलिसिचले दिएको लो क्रस ६ यार्ड बक्समा राइट र डच डिफेन्डरहरुको बिचमा आउँदा बल उनको खुट्टामा लाग्दै गोल भएको थियो । डम्फ्रिजले गोललाइनबाट बललाई क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।

त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुन: स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ । राउन्ड अफ १६ को दोस्रो खेलमा आज अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.