3 years ago
December 3, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिना र अष्ट्रेलियाले पहिलो रोजाइमा १-१ परिवर्तन गरेका छन् ।

अर्जेन्टिनाले विंगर एन्जल डी मारियाको स्थानमा मिडफिल्डर आलेहान्द्रो गोमेजलाई पहिलो रोजाइमा राखेको छ । आक्रमणमा कप्तान लिओनेल मेस्सीलाई जुलियन अल्भारेजले साथ दिनेछन् । मिडफिल्डमा पछिल्लो खेलकै रोड्रीगो डे पल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर रहेका छन् ।
अर्जेन्टिनाको गोलरक्षकमा एमिलियानो मार्टिनेज नियमित छन् । डिफेन्समा टोलीले परिवर्तन गरेको छैन । नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी र मार्कस अकुनाले स्थान निरन्तरता दिएका छन् ।
यता अष्ट्रेलियाले मिडफिल्डमै एक परिवर्तन गर्ने क्रममा किनु बाकसलाई टोलीमा समेटेको छ । पछिल्लो खेलमा बेन्चबाट आएर मिडफिल्डलाई मजबुत बनाएका उनले क्रेग गुडविनको स्थान लिएका हुन् । अष्ट्रेलियाको गोलरक्षकमा कप्तान म्याट रायन छन् । डिफेन्समा अग्ला कदका ह्यारी सुटरलाई काइल रोवल्सले साथ दिनेछन् । विंगब्याकमा मिलोस डेगेनेक र अजिज बेहिच नियमित छन् ।

मिडफिल्डमा अनुभवी म्याथ्यु लेकि र आरोन मोयसँगै ज्याक्सन अर्भाइन र किनु बाकस छन् । अक्र्मानको जिम्मेवारी मिचेल डुक र राइली मक्ग्रीले सम्हाल्नेछन् ।
अर्जेन्टिना सुरुवाती ११ :
एमिलियानो मार्टिनेज
नाहुएल मोलिना – क्रिस्टियन रोमेरो – निकोलस ओटामेन्डी – मार्कस अकुना
रोड्रीगो डे पल – एन्जो फर्नान्डेज – एलेक्सिस म्याक एलिस्टर
आलेहान्द्रो गोमेज
लिओनेल मेस्सी – जुलियन अल्भारेज
अष्ट्रेलिया सुरुवाती ११ :
म्याट रायन
मिलोस डेगनेक – ह्यारी सुटर – काइल रोवल्स – अजिज बेहिच
म्याथ्यु लेकि – आरोन मोय – ज्याक्सन अर्भाइन – किनु बाकस
मिचेल डुक – राइली मक्ग्री
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]