default_image

3 years ago

December 4, 2022

विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दै

357 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ ।

यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाईको टोली उतार्दा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।

पोल्यान्डविरुद्ध मैदान उत्रदा फ्रान्सले ट्युनिसियाविरुद्धको गल्ती सुधार गर्दै निश्चित जितको लक्ष्यमा हुनेछ । दुई पटकको च्याम्पियन फ्रान्ससँग गोल्डेन बुटको दौडमा रहेका केलियन एमबाप्पेको साथ रहेको छ । एमबाप्पेल ३ खेलमा ३ गोलसँगै एक असिस्ट दिइसकेका छन् ।

यसबाहेक टोलीसँग गोलरक्षक ह्युगो लोरिस, थिओ हर्नान्डेज, एक्सेल दिसासी, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान, एडुआर्डो कामाभिंगा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभर जिरुड र एन्टोइन ग्रिज्मन छन् ।

यता, रोबर्ट लेवान्डोस्कीको कप्तानीमा उत्रने पोल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्दै १९८२ पछि क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । सोही संस्करणमा तेस्रो र त्यो भन्दा अघि १९७४ मा तेस्रो भएको पोल्यान्ड १९८६ मा अन्तिम १६ मा पुगेको थियो । त्यसपछि तीनपटक (२००२, २००६ र २०१८) मा विश्वकप खेलेको पोल्यान्डले समूह चरण पार गर्न सकेको थिएन । यसपटक पोल्यान्ड १९८२ कै स्थिति दोहो¥याउन चहान्छ ।

अर्जेन्टिना रहेको समूहबाट उपविजेता बनेर अन्तिम १६ मा आएको पोल्यान्डले समूह चरणमा साउदी अरेबियालाई पराजित गर्दा अर्जेन्टिनासँग हार र मेक्सिकोसँग बराबरी खेलेको थियो ।

टोलीसँग दुई खेलमा पेनाल्टी बचाएका गोलरक्षक वोजसिएच स्जेस्नी रहेका छन् । यस्तै जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास र निकोला जालेव्स्की, क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक र कारोल स्विडर्सकी छन् ।

यि दुई टोली हालसम्म १६ पटक भिडेका छन् । ५ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोली सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्डले १–० को जित निकालेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.