3 years ago
December 4, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
समूहको पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो खेलमा बराबरीको नतिजासहित अपराजित रहेर अन्तिम १६ मा पुगेको इंग्ल्यान्ड अफ्रिकी प्रतिद्धन्द्धीलाई हराएर क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । अघिल्लो संस्करणमा चौथो भएको इंग्ल्यान्ड यसपटक उक्त नतिजामाथि माथि जान चहान्छ ।
टोलीसँग यस विश्वकपमा दुई गोल गरिसकेका बुकायो साका र माकएस रासफर्ड रहेका छन् । यसबाहेक जोर्डन पिकफर्ड, ह्यारी मगाएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रीपिएर, कनर कोडी, बेन व्हाइट, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र जुड बेलिंघम छन् ।
यस्तै मेसन माउन्ट, कनर ग्यालाघर, डेक्लन राइस, जोर्डन हेन्डरसन, काल्भिन फिलिप्स, जेम्स म्याडीसन, फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, रहिम स्टर्लिङ र क्यालम विल्सन छन् ।

यता, सेनेगल पनि इंग्ल्यान्डलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ । सेनेगल २००२ मा एसियाको दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो । यसपटकको विश्वकप पनि एसियाको कतारमा आयोजना हुँदा सेनेगल सोही नतिजा दोहो¥याउन चहान्छ ।
पहिलो खेलमा फ्रान्ससँग पराजित हुनुका बावजुत त्यसपछिको दुवै खेलमा जित निकाल्दै सेनेगलले अन्तिम १६ को यात्रा तय गरेको थियो । सेनेगलसँग एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो र इब्राहिमा एम्बाय छन् ।
यस्तै अब्दुलाए सेक, फोडे बालो टुरे, चेखु कोउयाटे, पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ र मामे बाबे थिआम छन् ।

विश्वकपसँगै यि दुई टोली कुनै पनि खेलमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]