default_image

3 years ago

December 5, 2022

‘बेल्जियमसँग हारले पाठ सिकाएको छ’

353 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपमा जापान अन्तिम १६ मा बेल्जियमसँग अन्तिम समयमा गोल खाँदै बाहिरिएको थियो । यसपटक फिफा विश्वकप कतार २०२२ मा जापानले पुन: बेल्जियमकै सामना गर्ने सम्भावना थियो । तर क्रोएसियाले बेल्जियमलाई हराउँदै नकआउट चरणमा स्थान पक्का गर्यो ।

जापानले समूह चरणमा जर्मनी र स्पेनलाई हराउँदै समूह विजेता बन्यो । प्रशिक्षक हाजिमे मोरियासु क्रोएसियाविरुद्ध खेलका लागि टोली तयार रहेको बताउँछन् । उनले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा जितको लय कायम राख्ने आशा राखेको बताए ।

‘तीन दिन भयो पछिल्लो खेलबाट । तयारी पनि राम्रो भएको छ । खेल निकै कठिन हुनेछ । खेलका लागि तयार छौं र आशा छ यस प्रतियोगितामा गरेको राम्रो प्रदर्शन जारी राख्नेछन्,’ उनले भने ।

‘गत संस्करण रुसमा हामी अन्तिम १६ पार गर्न चाहन्थ्यौं । हामी त्यसको लागि योग्य पनि थियौं ‌। तर मानसिक रुपमा हामी केहि कमजोर भएको पाएँ । उक्त खेलमा रणनीति पनि परिवर्तन गरेको भए राम्रो हुन्थ्यो होला । त्यसबेला पाएको अनुभव भने अहिले काम लागेको छ । त्यसलाई पाठको रुपमा लिएर यसपटक अघि बढ्ने छौं ।’

‘खेलको रणनीति र टोली छनोटबारे गरिएको प्रश्नमा उत्तर दिन सक्ने अवस्था छैन । हामी १ सय २० मिनेटको खेलका लागि तयार छौं । हामीले ६ खेलाडी परिवर्तन गर्न पाउनेछौं ‌। तर यो पूरै टोलीले खेल्ने खेल हो ।’

‘यसपटक जापानमा व्यक्तिगत रुपमा खेलाडी पनि राम्रो छन् । हामी टिमका रुपमा सधैं राम्रो प्रदर्शन गर्दै आएका छौं । तर पछिल्लो चार वर्षमा खेलाडी पनि सुधारिएका छन् र यसले हामीलाई थप बलियो बनाएको छ । रणनिती प्रयोग गर्न खेलाडी आफैं क्षमतावान् हुँदा सहज हुन्छ ।’

‘जापानले विश्वकप जित्न युवा परियोजनामा ध्यान दिएका छौं । यसले गर्दा राम्रा युवा खेलाडी आएका छन् । म मात्र नभएर जापान फुटबल संघले प्रशिक्षण क्षेत्रमा निकै मिहिनेत गरेको छ । जापानले प्राविधिक जनशक्ति बलियो बनाएर एसियाको फुटबलमा योगदान दिने प्रयास गरेको छ ।’

क्रोएसिया राम्रो खेलाडीहरु भएको टोली हो । गत संस्करणको उपविजेता पनि हो । हामी भोली जितका लागि खेल्नेछौं । विपक्षी टोलीप्रति सम्मान पनि छ । टिमको रुपमा क्रोएसिया निकै चलाख छ । खेलका क्रममा उनीहरु लामो समय खेल्न सक्छन् । हामी कठिन खेल अपेक्षा गरिरहेको छु ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.