3 years ago
December 4, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण कोरियाविरुद्ध अन्तिम १६ को खेलअघि ब्राजिलका डिफेन्डर थियागो सिल्भाले पछिल्लो खेलमा हार बेहोरेर ब्राजिललाई घाटा नभएको बताए ।

ब्राजिलले समूहको अन्तिम खेलमा क्यामरुनसँग १-० को हार बेहोरेको थियो । इन्ज्युरी समयमा भिन्सेन्ट अबुबकारले गोल गरेपछि ब्राजिल प्रतियोगिताको पहिलो हाफ बेहोर्न पुगेको थियो । खेलको पूर्व सन्ध्यामा बोल्दै चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका सिल्भाले अन्तिम खेलमा हार बेहोर्नुले टोलीलाई यस खेलका लागि असर नपर्ने बताए ।
‘हामीलाई अन्तिम खेलमा के हुनसक्छ भन्ने थाहा थियो । तर हामीले के हुनसक्छ भन्ने जोखिम लिएर नै यो निर्णय लिएका थियौं । क्यामरुनले यदि सुरुमै दुई गोल गरेको भए स्थिति फरक हुन्थो । अथवा अर्को खेलमा फरक नतिजा आएको भए हामीले पनि अर्को रणनीति लिनुपर्थ्यो । तर यो सबै बुझेर नै निर्णय लिएका हौं ।’
‘क्यामरुनविरुद्ध गोल गर्ने अवसर पनि सिर्जना भएको थियो । हामीले आफ्नो जिम्मेवारी बुझेका छौं । उक्त हारले खासै असर गरेको छैन । हामीले उक्त हारबाट पाठ सिकेका छौं ।’

‘क्यामरुनसँग हारेर घाटा भनेको चोट मात्र हो । हामीले दुई खेलाडी चोटका कारण गुमाउनुपर्यो । त्यसबाहेक दुखि हुनुपर्ने छैन । हामी समूह विजेता बनेर नै अघि बढेका छौं । नतिजाले असर गरेको छैन । पछिल्लो खेलमा विश्राम पाउँदा कोरियाविरुद्ध खेलमा भने केहि सहज हुनेछ । यसले हामी तुलनात्मक रुपमा फ्रेस छौं । कोरियाले भने कठिन खेलमा पूरै ९० मिनेट खेल्दा खेलाडी थाकेका हुन्छन् । यसले हामीलाई फाइदा हुन सक्छ ।’
सिल्भाले कोरिया एक स्तरीय टोली भएकाले खेल सहज नहुने बताए । ‘कोरियाविरुद्ध खेल सहज हुने छैन । प्राविधिक रुपमा पनि उनीहरु राम्रा छन् । आक्रमणमा हामीले उनीहरुलाई रोक्न सकेमात्र अघि बढ्न सक्छौं । र म फेरिपनि भन्छु, क्यामरुनविरुद्ध खेलले हामीलाई केहि असर गरेको छैन ।’
‘सनको बारेमा तोकेर केहि भन्न सक्दिन । उनीमात्र होइन कोरियाको टोलीमा अन्य खेलाडी पनि उच्च स्तरको फुटबल खेलिरहेका छन् । पछिल्लो खेलमा सनले दिएको अन्तिम पासको गोलले पनि उनीहरु स्तरीय टोली भएको पुष्टि गर्छ । म नाम तोकेर भन्न सक्दिन तर जर्सी नम्बर ६ र १८ ले राम्रो खेलेका छन् ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]