3 years ago
December 4, 2022
कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो ।

आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।
खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए ।
दोस्रो हाफमा एमबाप्पेले काउन्टर अट्याकमा आफ्नो गतिको सदुपयोग गर्दै फ्रान्सलाई सहज अवस्थामा पुर्याए । एमबापपेले दुवै गोलमा उत्कृष्ट फिनिसिङ गरेका थिए । प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका गोलरक्षक सेचेज्नी बारम्बार बाधक बनेपनि एमबाप्पेको दुई गोलमा भने सहि डाइभ दिएर पनि बल बचाउन असफल रहे ।
२८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ओलिभिएर जिरुडले खाली पोस्टमा गोल गर्न नसक्दा खेल बराबरीमा रहेको थियो । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको लो क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।
३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।

पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो । मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् ।
इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाएपनि रेफ्रीले पुन: प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुन: प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने लेवान्डोस्की गोल गर्न सफल रहे ।
अब फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । आज हुने अन्तिम १६ को चौथो खेल अल बेयत रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]