3 years ago
December 4, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्यान्ड र सेनेगल खेल्दैछन् । खेलका लागि दुवै टोलीले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गरेका छन् ।

इंग्ल्यान्डले मार्कस रासफर्डको स्थानमा बुकायो साकालाई सुरुवाती रोजाइमा खेलाएको छ । वेल्सविरुद्ध जितमा दुई गोल गरेका रासफर्ड बेन्चमा रहँदा रहिम स्टर्लिङ टोलीमा छैनन् । उनी पारिवारिक समस्याले टोलीमा नरहेको इंग्ल्यान्डले जनाएको छ । त्यस्तै सेनेगलका इड्रीसा गाना गेये दोस्रो पहेंलो कार्डका कारण प्रतिबन्धमा रहँदा क्रेपिन डियाटा टोलीमा आएका छन् ।
इंग्ल्यान्ड :
जोर्डन पिकफर्ड
काइल वाल्कर – ह्यारी मगाएर – जोन स्टोन्स – लुक शा
डेक्लन राइस – जोर्डन हेन्डरसन – जुड बेलिंघम
बुकायो साका – ह्यारी केन – फिल फोडेन
सेनेगल :
एडुआर्ड मेन्डी
इस्माइल जेकब्स – कालिडु कौलिबाली – अब्दोउ डियालो – युसुफ साबाली
क्रेपिन डियाटा – नामप्लेस मेन्डी – पाथे सिसे
इलिमान एनडीआए – बौलाए डिया – इस्माइला सार
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]