3 years ago
December 5, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ । जापानले समूह चरणमा स्पेन र जर्मनीलाई पराजित गर्दा उत्कृष्ट पूनरागमन जित निकालेको थियो ।
जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो । जापान अझै पनि विश्वकपमा आफ्नो पहिलो क्वार्टरफाइनलको लागि पर्खिरहेको छ । मोरियासुको सुपर सब्सले पुन एकपटक नतिजा आफ्नो पक्षमा पार्न भर मग्दुर प्रयास गर्नेछ ।
प्रतिबन्धका कारण डिफेन्डर इटाकुरा क्रोएसियाविरुद्ध हुनेछैनन् । मिडफिल्डर वाटारु एन्डो फिट भइसकेका छन् । राइट–ब्याक हिरोकी साकाई पनि प्रशिक्षणमा सामेल भइसकेका छन् । मांशपेशीको चोटका कारण ताकेफुसा कुबोले खेल्नेमा शंका छ ।
यता, विश्व उपविजेता क्रोएसिया भने समूहमा दोस्रो भएपछि जापानसँग प्रि–क्वाटरफाइनल खेल्दैछ । विश्व उपविजेता क्रोएसियाको टोलीमा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ ।
त्यही अनुभवी खेलाडीको टोली कमब्याक किङ जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ । मिडफिल्डमा निकै बलियो देखिएको क्रोएसियाले डिफेन्समा पनि संगठित प्रदर्शन गरिरहेको छ ।
यि दुई टोली चौथोपटक आमाने–सामाने हुन लागेको हो । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]