default_image

9 years ago

December 26, 2016

प्रिमियर लिगमा चेल्सीको जित निरन्तर

98 views

0 Bookmark

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शीर्षस्थानको चेल्सीले विजयी यात्रालाई जारी राख्ने क्रममा बोर्नमाउथलाई ३–० ले हराएको छ । चेल्सीको जितमा पेद्रोले दुई गोल गरे । बक्सिङ डेको दिन भएको खेलमा पेद्रोको गोलबाट चेल्सीले २४ औैं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अर्को गोल थपेका थिए । पेद्रोले अर्को गोल अन्तिम मिनेटमा गरेका थिए ।

pedro

१८ खेलको समाप्तीमा ४६ अंकसहित चेल्सी थप मजबुद बनेको छ । दोस्रो स्थानमा रहेको लिभरपुललाई चेल्सीले ९ अंकले पछि पारेको छ । एक खेल कम खेलेको लिभरपुलले मंगलबार स्टोट सिटीसँग प्रतिस्पर्धा गर्नेछ । नयाँ बर्षको सुरुआतमा चेल्सी शीर्षस्थानमा रहने पक्का भएको छ । बक्सिङ डेका अन्य खेलमा आर्सनलले वेस्ट ब्रुमविचलाई १–० ले हराएको छ । म्यानचेस्टर युनाइयटेडले सन्डरल्यान्डमाथि ३–१ को जित निकालेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.