3 years ago
December 6, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलअघि स्पेनका प्रशिक्षक लुइस एन्रिकेले आफ्ना खेलाडीलाई पेनाल्टी प्रशिक्षणका लागि विशेष गृहकार्य दिएको बताएका छन् ।

मोरक्कोविरुद्ध हुने अन्तिम १६ चरणको खेलअघि पेनाल्टीमा टोलीको तयारीबारे सोधिएको प्रश्नमा एन्रिकेले क्लब फुटबलमै रहँदा खेलाडीलाई प्रशिक्षणको लागि निर्देशन दिइएको बताए । ‘मैले एक वर्ष अघिदेखि खेलाडीलाई होमवर्क दिएको छु । मैले यसबीचमा एक हजार पेनाल्टी हान्नुपर्छ भनेको थिएँ । राष्ट्रिय टोलीमा आएर पेनाल्टी मात्र प्रशिक्षण गर्ने कुरा हुँदैन । क्लब फुटबलमा त्यसको लागि ध्यान दिन भनेको छु । हामीसँग तीन उत्कृष्ट गोलरक्षक छन् । पेनाल्टी भएको अवस्थामा सबै तयार छन्,’ उनले भने ।
मोरक्कोविरुद्ध खेल स्पेनका लागि सहज नहुने पनि उनले बताए । ‘सबै खेलाडी फिट छन् । भोलीका खेलका लागि तयार छौं । हामी विश्वकपमा उत्कृष्ट टोलीको सामना गरिरहेका हुन्छौं । प्रशिक्षक र खेलाडी स्तरीय हुन्छन् । मोरक्को यसपटक प्रतियोगितामा सबैभन्दा हौसिएको टोली छ । कठिन समूहबाट पनि अघि बढ्न सफल भयो,’ उनले बताए ।
स्पेनले पछिल्लो समय टिकी टाका फुटबलमा बढी ध्यान दिँदा डिफेन्समा गल्ती भइरहेको आरोप छ । इन्रिकेले यसबारे आफ्नो रणनीति परिवर्तन नहुने बताए । ‘स्पेनले लामो पास खेल्दै खेल्दैन भन्ने नै छैन । हामी आफ्नो रणनीतिमा प्रष्ट छौं । खेलाडीले मैदानभित्र आफ्नो आवश्यकता अनुसार निर्णय लिने हो । तर हामीले गोल निकाल्दा पास खेलेरै निकालेका छौं । गोल खायौं भन्दैमा रणनीति परिवर्तन हुँदैन । हामी पछाडिबाट पास खेलेर नै बढी सफल भएका छौं,’ उनले प्रष्ट पारे ।

इन्रिकेले सन् २०१५ मा निकै सफलता हासिल गरेको बार्सिलोना र स्पेनलाई तुलना गर्न नमिल्ने बताए । ‘सन् २०१५ यता धेरै परिवर्तन भएको छ । खेल्ने शैली फरक छ । बार्सिलोनामा उच्च स्तरका खेलाडी थिए । क्लब फुटबलमा समर्थकलाई रमाइलो दिनुपर्छ । खेल जित्ने फर्कने मात्र हुँदैन । त्यसैले क्लबको परिचय अनुसार खेल्नुपर्ने हुन्छ,’ इन्रिकेले थपे ।
इन्रिकेका अनुसार स्पेनले खेल अवधिभर एकपक्षीय दबाब राख्छ भन्ने आँकलन गर्नु गलत हुनेछ । ‘जापानविरुद्ध हामी १० मिनेट पछि रह्यौं । हालसम्म खेलेका ३०० मिनेटमा हामी केहि समय पछि पर्यौं र त्यसमा नै धेरैको ध्यान छ । राम्रो पक्षमा पनि ध्यान दिनुपर्छ । मोरक्कोले पनि हामी विरुद्ध कुनै समय राम्रो खेल्ला, त्यसको लागि तयार रहनुहोस् । हामी खेलको सबै समय पकड जमाउन सक्दैनौं,’ उनले भने ।
स्पेन र मोरक्कोबीचको खेल एजुकेसन सिटि रंगशालामा मंगलबार हुनेछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले पोर्चुगल र स्विटजरल्यान्डबीच खेलको विजेतासँग खेल्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]