default_image

3 years ago

December 5, 2022

जर्सीबाट आकर्षित हुँदै ब्राजिल समर्थक बनेकी सावित्रा

340 views

0 Bookmark

खेलकर्मीको नजरमा विश्वकप

प्रकाश तिमल्सिना, काठमाडौं

कतारमा जारी विश्वकप फुटबलमा अधिकांशले कुनै कुनै टोलीलाई समर्थन गर्दै हेरिरहेका हुन्छन् । नेपालमा पनि विश्वकपलाई पछ्याउने थुप्रै समर्थक छन् ।

खासगरि नेपालमा अर्जेन्टिना र ब्राजिलको समर्थक बढी रहेको विश्वास गरिन्छ । कतिपयले युरोपियन टोलीलाई समर्थन गरेको पनि सामाजिक सञ्जालमार्फत देख्न सकिन्छ । एसियालाई प्रतिनिधित्व गर्ने ३ टोली अन्तिम १६ मा पुग्न सफल भएकाले ती टोलीलाई समर्थक गर्नेको संख्या पनि बाक्लिदै जान थालेको छ ।

फुटबल अलि अलि पछ्याउन थालेपछि नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा भने पहेलो जर्सीबाट आकर्षित भइकी थिइन् । टेलिभिजनमा फुटबल हेर्ने क्रममा पहेलो जर्सी मन पराउँदा कुन टोली हो भन्ने उनले पछि मात्र थाहा पाएकी थिइन् ।

‘आफूले अलि अलि खेल्न थालेपछि टिभीमा पनि फुटबल हेर्न थाले । पहेंलो जर्सीबाट निकै आकर्षक लाग्यो’, उनले पूरानो दिन सम्झदै भनिन्,‘पछि दाईहरुबाट थाहा पाए पहेलो जर्सी लगाएर खेल्ने ब्राजिलयन टोली भन्ने । त्यसपछि विस्तारै टोलीलाई पछ्याउन थाले । थाहै नपाइ ब्राजिलको समर्थक बने ।’

ब्राजिलका चर्चित खेलाडी नेयमारको खेलबाट सावित्रा थप प्रभावित भइन् । ‘ब्राजिल भन्ने वित्तिकै नेयमार स्वत जोडिएर आउँछन्’, उनले थपिन्,‘ उनको खेल्ने शैलीबाट प्रभावित छु । कासिमेरोको खेल पनि मन पर्छ । पहिला ब्राजिललाई समर्थक गरेपछि त्यो टोलीबाट खेल्ने खेलाडीको पनि स्वतः समर्थक भइने रहेछ ।’

ब्राजिल सन्तुलित टोली भएका कारणले उपाधि जित्ने बलियो सम्भावना रहेको सावित्रालाई लाग्छ । यद्दपी अरु टोली पनि कमजोर छैनन् । अर्जेन्टिना, इङ्ल्यान्ड, फ्रान्सलाई पनि उनी उत्तिकै दाबेदार मान्छिन् ।

एसियाली टोलीको यसपटकको प्रदर्शनबाट पनि उनी खुसी छिन् । त्यसअर्थ ब्राजिलको समर्थक भएपनि एसियाली टोलीप्रति उनी उदार मन राख्छिन् । भन्छिन्, ‘एसियाली टोली जित्दै अघि बढुन् भन्ने पनि लाग्ने रहेछ । यसपटक एसियाली टोली मध्ये जापान, कोरिया, अस्ट्रेलियाले जसरी प्रदर्शन गरेका छन् । त्यसले भविष्यमा एसिया पनि दाबेदार बन्न सक्छन् भन्ने संकेत देखाएको छ । हामी एसियाली भएका नाताले त्यसमा खुसी लाग्नु स्वभाविक हो ।’

आज दुई एसियाली टोलीले अन्तिम १६ मा बलिया टोलीको सामना गर्दै छ । पाँच पटकको विजेता ब्राजिलले नेपाली समय अनुसार राती १२ः४५ बजे दक्षिण कोरियाको सामना गर्नेछ । त्यसअघि राती ८ः४५ बजे जापान र साविक उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । एसियाली टोलीले अन्तिम १६ मा पनि बलियो टक्कर दिनेमा सावित्रा आशावादी छन् । विश्व कप विजेता रहिसकेका जर्मनी र स्पेन जस्ता टोलीलाई हराउँदै समूहको विजेताका रुपमा जापान अघि बढेकोले पनि आशा गर्ने ठाँउ देखिएको छ ।

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया समूह उपविजेताका रुपमा प्रिक्वार्टरमा पुगेको थियो । युरोपियन टोलीलाई पनि बलियो चुनौती दिन सक्छन् भन्ने यसपटकको विश्व कपले थप उजागर गरेको सावित्रा मान्छिन् । भन्छिन्,’जापान, कोरियाको प्रदर्शनले एसियाली फुटबलको पनि भविष्य उज्ज्वल रहेको संकेत देखाएको छ । ’

ब्राजिललाई समर्थन गरेपनि व्यक्तिगत खेलाडी भने भने उनी पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको फ्यान हुन् । उनी रोनाल्डोकै शैलीमा गोलको सेलिब्रेसन गर्छिन् । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दा सावित्राले रोनाल्डोलाई खेल पहिलो पटक हेरेकी थिइन् । त्यति बेला उनी पोर्चुगलबाट खेल्छन् भन्ने सावित्रालाई थाहा थिएन । पछि बुझ्दै गएपछि रोनाल्डो पोर्चुगलबाट खेल्ने थाहा पाइन् । त्यसपछि उनको दोस्रो रोजोईमा पोर्चुगल रहने गरेको छ ।

‘रोनाल्डो खेलप्रति अति नै समर्पित भन्ने थाहा भयो । एकदमै दुःख गरेर त्यो ठाँउ सम्म पुगेको र मिहिनती भन्ने बुझियो’, उनले भनिन्,‘आफू पनि दुःखकै साथ राष्ट्रिय टोली सम्म आएकोले पनि होला उनको खेल जीवन र खेल कौशलबाट प्रभावित छु ।’ सावित्रा ती खेलाडी हुन् जसले राष्ट्रिय टोलीबाट ४० अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ४० गोल नै गरेकी छिन् ।

एपिएफकी मुख्य खेलाडी मध्येकी एक सावित्रा पछिल्ला केहि वर्षयता आई लिग टोलीमा पनि आबद्ध रहँदै आएकी छिन् । यसपटक पनि उनी गोकुलम एफसीबाट खेल्ने तयारीमा छिन् । गोकुलम र सेतु महिला आइ लिग च्याम्पियन बन्दा सावित्रा त्यसको महत्वपूर्ण खेलाडी रहेकी थिइन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.