default_image

9 years ago

December 26, 2016

इब्राहिमोभिच चम्कदा प्रिमियर लिगमा युनाइटेडको जित

129 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– याल्टान इब्राहिमोभिचले गोल गर्ने क्रममा निरन्तरता दिदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । इब्राहिमोभिचले १ गोल गर्दै अर्को दुई गोलका लागि पास मिलाएपछि युनाइटेडले बक्सिङ डेमा सोमबार सन्डरल्यान्डलाई ३–१ ले हराएको छ ।

manu

डाले ब्लिन्डले ३९ औं मिनेटमा गोल गरेका थिए । यो सिजनमा ब्लिन्डको यो पहिलो गोल हो । इब्राहिमोभिच र मार्कोस रोजोकोले मिलेर निकालेको पासमा ब्लिन्ड गोलगर्न सफल भएका थिए । दास्रो हाफमा खेलमा नियन्त्रण बनाएको युनाइटेडका लागि इब्राहिमोभिचले ८२ औं मिनेटमा अर्को गोल थपे । पछिल्ला प्रिमियर लिगका सात खेलमा उनको त्यो आठौं गोल थियो । विपक्षी खेलाडीको गल्तिको फाइदा उठाउँदै पाउल पोग्बाले निकालेको पासमा इब्राहिमोचिभले गोल गरेका थिए ।

इब्राहिमोभिचकै क्रसमा हेनरिक मिकितारियनले खेल सकिन ४ मिनेटअघि आकर्षक गोल गरेका थिए । इन्जुरी समयमा फाबियो बोरिनीले सान्त्वना गोल फर्काएका थिए । १८ खेलमा युनाइटेडको ३३ अंक पुगेको छ । एक खेल कम खेलमा उत्तिनै अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा छ ।

ओलिभर जिर्रोडको गोलमा वेस्ट ब्रुमविचलाई १–० ले हराएको आर्सेनल अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । १८ खेलमा आर्सनलको ३७ अक छ भने उत्तिनै अंक र एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ । ४६ अंकका साथ चेल्सी शीर्षस्थानमा रहेको छ ।

बक्सिङ डेका अन्य खेलमा साविक विजेता लेस्टर सिटीलाई एभर्टनले २–० ले हराएको छ । वेस्ट ह्यामले स्वान्सी सिटीलाई ४–० ले, चेल्सीले बोर्नमाउथलाई ३–० ले, बर्नलीले मिडल्सब्रोलाई १ –० ले हराएको छ भने वाटफोर्ड र क्रिस्टल प्यालेसले १ –१ को बराबरी खेलेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.