3 years ago
December 6, 2022
कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै फराकिलो अग्रता बनाएको हो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गरिरहेको छ । कोरियाले पाएको न्यून अवसरमा गोलरक्षक एलिसनलाई दुख दिएपनि गोल फर्काएको छैन ।
खेलको सातौं मिनेटमा ब्राजिलले भिनीसियस जुनिअरको गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको बललाई उनले नियन्त्रणमा राख्दै संयमित फिनिस गरे । उनले बायाँ भागबाट गरेको प्रहारमा कोरियाली डिफेन्स र गोलरक्षक बिट भएका थिए ।
१३ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र रिचार्लीसनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २९ औं मिनेटमा रिचार्लीसनले ब्राजिललाई ३ गोलले अघि राखे । उनी आफैंले पेनाल्टी क्षेत्र बाहिर उत्कृष्ट बल नियन्त्रण गर्दै सुरु गरेको मुभ अन्त्यमा फिनिस गरेका थिए । थियागो सिल्भाले दिएको अन्तिम पासलाई उनले सहजै फिनिस गरेका थिए ।
३६ औं मिनेटमा ब्राजिलले चौथो गोल थप्यो । भिनिसियस जुनिअरको पासमा लुकास पाक्वेटाले गोल गरे । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको पहिलो टचको प्रहार गोलरक्षक र डिफेन्स पार हुँदै गोल भएको थियो । इन्ज्युरी समयमा पाक्वेटाकै प्रहार गोलरक्षक किम सुङयुले विफल पारे ।
यस खेलको विजेताले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । आजै भएको अन्तिम १६ को खेलमा क्रोएसियाले जापानलाई हराएको थियो । १-१ को बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा क्रोएसिया ३-१ ले विजयी भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]