3 years ago
December 6, 2022
कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गर्दै कोरियालाई समस्या दिएको थियो । कोरियाले पाएको न्यून अवसरमा गोलरक्षक एलिसनलाई दुख दिएपनि गोल फर्काउन सकेन ।
दोस्रो हाफको सुरुवातमा पनि एलिसन नै कोरियाको गोलसामु बाधक बने । ब्राजिलका खेलाडीले एकपछि अर्को अवसर सदुपयोग गर्न नसक्दा कोरियाले भने एलिसनलाई समस्या दिइरह्यो । अन्त्यतिर कोरियाले गोल फर्काएपनि नतिजा बदल्न भने उक्त गोल काम लागेन ।
खेलको सातौं मिनेटमा ब्राजिलले भिनीसियस जुनिअरको गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको बललाई उनले नियन्त्रणमा राख्दै संयमित फिनिस गरे । उनले बायाँ भागबाट गरेको प्रहारमा कोरियाली डिफेन्स र गोलरक्षक बिट भएका थिए ।

१३ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र रिचार्लीसनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २९ औं मिनेटमा रिचार्लीसनले ब्राजिललाई ३ गोलले अघि राखे । उनी आफैंले पेनाल्टी क्षेत्र बाहिर उत्कृष्ट बल नियन्त्रण गर्दै सुरु गरेको मुभ अन्त्यमा फिनिस गरेका थिए । थियागो सिल्भाले दिएको अन्तिम पासलाई उनले सहजै फिनिस गरेका थिए ।
३६ औं मिनेटमा ब्राजिलले चौथो गोल थप्यो । भिनिसियस जुनिअरको पासमा लुकास पाक्वेटाले गोल गरे । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको पहिलो टचको प्रहार गोलरक्षक र डिफेन्स पार हुँदै गोल भएको थियो । इन्ज्युरी समयमा पाक्वेटाकै प्रहार गोलरक्षक किम सुङयुले विफल पारे ।
दोस्रो हाफको सुरुवातमा एलिसनले उत्कृष्ट बचाउ गर्दै कोरियालाई खेलमा फर्कन दिएनन् । वन भर्सेस वनमा ह्युङ मिन सनको प्रहार विफल पार्दै उनले खेल ४-० नै राखे । तर ७६ औं मिनेटमा एलिसनले कोरियाको गोल बचाउन सकेनन् । स्युङहो पाइकले फ्रिकिकबाट आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरे ।
ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । आजै भएको अन्तिम १६ को खेलमा क्रोएसियाले जापानलाई हराएको थियो । १-१ को बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा क्रोएसिया ३-१ ले विजयी भएको थियो । यस्तै क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिना तथा इंग्ल्यान्डले फ्रान्सको सामना गर्ने पक्का भइसकेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]