3 years ago
December 6, 2022
सुबास हुमागाईं, कतार
उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेसँगै ब्राजिल विश्वकपको एकै संस्करणमा २६ खेलाडी खेलाउने पहिलो राष्ट्र बनेको हो ।

प्रशिक्षक टिटेले खेलको ८० औं मिनेटमा एलिसन बेकरको स्थानमा ३४ वर्षीय वेभर्टनलाई मैदान प्रवेश गराएका थिए । विश्वकपमा पहिलो खेल खेल्ने अवसर पाएका वेभर्टन ब्राजिलको पाल्मेरासबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीका लागि भने यसअघि ९ पटक खेलिसकेका थिए ।
टिटेले वेभर्टनलाई मैदान प्रवेश गराएसँगै ब्राजिल २६ खेलाडी उतार्ने पहिलो टोली बनेको हो । कतार विश्वकपमा पहिलो पटक २६ खेलाडीको टोली बनेको हो । यसअघिका विश्वकपमा हरेक टोलीमा अधिकतम २३ खेलाडी रहने गर्दथे । ब्राजिलले यस संस्करणमा सबै खेलाडीलाई अवसर दिँदै यो दुर्लभ कीर्तिमान हासिल गरेको हो ।
ब्राजिलले समूह चरणको अन्तिम खेलमा दोस्रो रोजाइको टोली उतार्दै सबै खेलाडीलाई अवसर दिने रणनीति लिएको थियो । यसो गर्दा आफ्नो मुख्य खेलाडीले विश्राम पाउने प्रशिक्षकले बताएका थिए । त्यसको फलस्वरूप ब्राजिलले दक्षिण कोरियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।
हालसम्म ब्राजिलले विश्वकपमा ४ खेल खेल्दा डिफेन्डर मार्किन्हस, विंगर राफिन्हा र रोड्रीगोले मात्र सबै खेलमा खेलेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]