3 years ago
December 6, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो ।
समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ ले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको थियो । टोली त्यही जितको लक्ष्य लिएर मैदान उत्रनेछ ।
३६ वर्षपछि अन्तिम १६ मा पुगेको मोरक्को यसपटक विश्वकपमा त्यो भन्दा पनि उत्कृष्ट नतिजा ल्याउन चहान्छ । त्यसको लागि मोरक्कोले युवा खेलाडीले भरिएको बलियो स्पेनको चुनौती पन्छाउनुपर्ने हुन्छ ।
सन् १९८६ को विश्वकपमा प्रि–क्वाटरफाइनलमा पुग्नु नै मोरक्कोको उत्कृष्ट नतिजा हो । मोरक्को त्यो भन्दा अघि बढ्दै इतिहास बनाउन चहान्छ । टोलीले लगातार संगठित प्रदर्शन गर्दै नजिता निकालिरहेको छ । टोलीसँग गोलरक्षक यासिन बोनोसँगै अक्रफ हाकिमी हाकिम जिएच र युसुफ एन–नेस्रीजस्ता नाम चलेका खेलाडीको साथ छ ।

यसबाहेक नुसेर माजारोइ, रोमन साइस, नायेफ अगेर्ड, अक्रफ दारी, जवाद एल यामिक, याहिया अतिआत अलाल, बादर बेनुन, सोफ्यान अम्रबाट, सलिम अमल्लाह, अब्दलहमिद सबिरी, अजेदिन ओउनाही, बिलेल एल खानुस, याह्या जब्राने, सोफियाने बोउफाल, जाकारिया अबौख्लाल, एज आब्दे, अमिन हारित, इलिअस चेअर, अब्देरजक हम्दाला र वालिद चेदिरा छन् ।
यता, दमदार सुरुवात गरेपनि दोस्रो खेलमा बराबरी र तेस्रो खेलमा हारको सामना गरेको स्पेन मोरक्कोलाई हराएर जितको लयमा फर्कन चहान्छ । स्पेन यस विश्वकपमा युवा र प्रतिभावान खेलाडीले भरिएको टोली हो ।
२०१० को च्याम्पियन २०१४ मा समूह चरणबाट बाहिरिदा २०१८ मा प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यसपटक स्पेन त्यो तहभन्दा माथि जान चहान्छ । २०१८ मा स्पेन रसियासँग टाइब्रेकरमा पराजित भएको थियो ।

टोलीसँग उनाइ सिमोन, सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे, सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके, फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो र अन्सु फाती छन् ।
विश्वकपमा यि दुई टोलीको यो दोस्रो तथा समग्रमा यो चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले २०१८ को विश्वकपमा समूह चरणमा प्रतिस्पर्धा गर्दा खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
त्यसबेला इन्ज्युरी समयमा इयागो आस्पासले गोल गर्दे स्पेनलाई हारबाट जोगाएका थिए । त्यसअघि सन १९६१ मा यि दुई टोलीले विश्वकपको छनोटमा प्रतिस्पर्धा गर्दा दुवै खेलमा स्पेन विजयी भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]