default_image

3 years ago

December 6, 2022

पोर्चुगललाई स्वीट्जरल्यान्डको चुनौती

202 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को अन्तिम प्रि–क्वाटरफाइनल खेलमा आज (मंगलबार) राति पोर्चुगलले स्वीट्जरल्यान्डको सामना गर्दैछ ।

स्वीट्जरल्यान्ड र पोर्चुगलबीचको खेल कतारको लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरू हुनेछ । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।

विश्वकपको दावेदार टोलीको रुपमा हेरिएको पोर्चुगलले यस विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।स्वीट्जरल्यान्डविरुद्ध उत्कृष्ट खेल खेल्दै पार्चुगल आफ्नो यात्रालाई थप लम्ब्याउन चहान्छ । समूह ‘एच’ मा पोर्चुगलले घानालाई ३–२ ले तथा उरुग्वेलाई २–० ले पराजित गर्दा दक्षिण कोरियासँग २–१ गोलले स्तब्ध बनेको थियो ।

सन् २००६ मा चौथो भएयता पोर्चुगलले त्यही नतिजा दोहो¥याउन सकेको छैन । त्यसपछि २०१० मा समूह चरणबाटै बाहिरिएको पोर्चुगल २०१४ र २०१८ मा प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो । २०१४ मा अर्जेन्टिनासँग अतिरिक्त समयमा पराजित भएको पोर्चुगल २०१८ मा स्वीडेनसँग स्तब्ध बनेको थियो ।

आफ्नो करिअरको सम्भवत अन्तिम विश्वकप खेलिरहेको रोनाल्डो यसपटक टोलीलाई च्याम्पियन बनाउने दौडमा छ । तर त्यसका लासग पोर्चुगलले अन्तिम १६ मा स्वीस टोलीको चुनौती पन्छाउनु पर्नेछ ।

टोलीसँग डिओगो कोस्टा, जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, पेपे, एन्टोनियो सिल्भा, विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा, जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा छन् । डानिलो परेरा, नुनो मेन्डेस र ओटाभियोले चोटका कारण खेल्ने सम्भावना न्युन छ ।

यता, समूह ‘जी’ को उपविजेता बनेको स्वीट्जरल्यान्ड पनि पोर्चुगललाई हराएका अन्तिम आठमा स्थान सुरक्षित गर्न चहान्छ ।नकआउट चरण पुग्ने क्रममा स्वीट्जरल्यान्डले क्यानरुनलाई १–० ले तथा सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसाग १–० ले पराजित भएको थियो । पोर्चुगललाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्ने लक्ष्यमा छ ।

यान सोमर, म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर, ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर, ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच र रुबेन भार्गास छन् ।

यि दुई टोली हालसम्म २५ पटक भिडेका छन् । इतिहास हेर्दा स्वीट्जरल्यान्ड पोर्चुगलभन्दा हावी छ । स्वीट्जरल्यान्डले ११ खेल आफ्नो पक्षमा पार्दा पोर्चुगलले ९ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले १२ जुन २०२२ मा नेसन्स लिगमा प्रतिस्पर्धा गर्दा स्वीट्जरल्यान्ड १–० ले विजयी भएको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.